अनेसास सर्बोत्कृष्ट च्याप्टर घोषणा

इनेप्लिज २०७५ वैशाख २६ गते ०:३५ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले २०१६-२०१७ को अवधिमा सर्बोत्कृष्ट च्याप्टर घोषणा गरेको छ । २०१६-२०१७ को अवधिमा विविध कार्यहरु सम्पादन गर्ने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पर्थ च्याप्टर, पश्चिम अष्ट्रेलिया सर्बोत्कृष्ट च्याप्टर घोषणा गरिएको छ । यस अवधिमा सम्पन्न विभिन्न गतिविधिहरुसहितको १०० अंकको च्याप्टर छनोटका आधारमा पर्थ च्याप्टरले सबैभन्दा बढी अंक प्राप्त गरि सर्बोत्कृष्ट च्याप्टर घोषणा गरिएको हो । सर्बोत्कृष्ट च्याप्टरलाई ५०० अमेरिकी डलर सहितको अनेसास राम लामा सर्बोत्कृष्ट च्याप्टर पुरस्कार प्रदान गरिन्छ ।

साहित्यकार तथा अनेसासका सल्लाहकार गंगाराम लामिटारेको संयोजकत्वमा अनेसासका पूर्व अध्यक्षहरु बसन्त श्रेष्ठ र पुरु सुबेदी रहनु भएको छनोट समितिले सो निर्णय गरेको हो । यही मे ११ देखि १३, २०१८ मा न्युह्याम्पशायर, अमेरिकामा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय अनेसास च्याप्टर सम्मेलनका अवसरमा सो पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया