जीवनको यर्थाथ पथ

इनेप्लिज २०७५ वैशाख २५ गते २३:४४ मा प्रकाशित

 

मलाई नसोध्नु
मेरा शोकका संख्याहरु कति छन म भित्र भनेर !
जीवन खाली सपना हो रे
म शोककै संसारमा जन्मे
शोककै संसारमा जिएर
शोककै बोटविरुवाहरुसंग
लुकामारी लेख्दै छु,
अझै कति संघर्षको दोवाटोमा उभिन पर्ने हो
तैपनि मैले शोककै बोटविरुवाहरु लगाँए
ती बोटविरुवाहरु पनि आफनै
संसारमा खेल्दै छन
फलहरु पनि त शोककै आकारमा फल्यो ।
शरीर खाली आत्मा बोक्ने भाँडो रे
एक दिन ढिलो चाँडो
यो आत्म शरीररुपी भाँडोलाई
छोडेर, कतै कसैले नदेख्ने ठाँउतिर लाग्छन रे
एक दिन शोकका ठाँउहरुलाई
आत्मले छोडेर गएपछि
आत्मा बोक्ने भाँडा ढल्दा
पारिवारिक भीत्र शोकमा झन डुब्छन रे
केहि हँसिला अनुहारहरुलाई आँसुले सिंङारीन्छन रे
कोहि गिर्जाघरमा पुग्लान
कोहि मसानघाटमा पुग्लान
कोहि लामाहरुले यो आत्मको शान्तिको लागि धुन्जे गर्लान
तत्पश्चात, एउटा सम्झना बांकि रहन्छन रे ।

प्रतिक्रिया