जनसम्पर्क समिती फ़्रान्सको ऐतिहासिक प्रथम महाधिबेशन सम्पन्न

इनेप्लिज २०७५ वैशाख २४ गते २२:५६ मा प्रकाशित

नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिती फ़्रान्सको प्रथम तथा ऐतिहासिक महाधिबेशन २३ बैशाख २०७५ (६ मे २०१८) मा फ़्रान्सको राजधानी पेरिसमा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधी नारायण आचार्य (पूर्व अध्यक्ष ज. स. स. नेदरल्याण्ड) र बिशेष अतिथि माथवर सिंह बस्नेतको उपस्थितिमा बिधिवत रुपमा सम्पन्न गरियो ।

सो कार्यक्रमको सभापतित्व तदर्थ समितीका अध्यक्ष निर्मल अर्यालले गर्नु भएको थियो भने कार्यक्रम संचालन सुधीर रानाले गर्नु भएक़ो थियो । सुबर्ण बिक्रम हमालको संयोजकत्व मा तीन सदस्यीय निर्बाचन समिती बनेको थियो जसमा सदस्य द्वय जीता कटवाल र बिष्णु सारू मगर रहनु भएको थियो ।

अधिबेशनमा सभापति निर्मल अर्यालले कार्यसमितीको प्रतिबेदन पेश गर्दै यस अधिबेशन सम्पन्न गर्न दिन रात खटिने तदर्थ समितीका साथीहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

मंतब्यकै क्रममा, फ्रान्सको राजधानी पेरिस, यूरोपको केंद्रमा लामो समय देखि प्रजातन्त्रप्रेमी हरुको चाहना, अहिले आएर जनसम्पर्क समिति फ्रान्सको बिधिवत स्थापना भए सँगै पूरा भएको कुरा अबगत गराउनु भयो। यो ऐतिहासिक क्षणमा सबै लोकतांत्रिक प्रेमीहरु गौरन्वित भएको महसूस गर्दै खुसी व्यक्त गर्नु भयो।

साथै कार्यसमितिको आर्थिक प्रतिबेदन सहकोषाध्यक्ष धर्मेन्द्र सेन ज्यूले गर्नु भएको थियो। सोही क्रममा बरिस्ठ राजनीतिज्ञ माथवर सिंह बस्नेतले नेपाली कांग्रेसको इतिहास देखी वर्तमान सम्मको राजनीति विश्लेषण गर्नु भएको थियो ।

बन्द सत्रमा निर्बाचन समिती संयोजक सुबर्ण हमाल ले निर्बाचन सम्बन्धी प्रतिबेदन र परिणाम घोषणा गर्नुभएको थियो । प्रमुख अतिथिले निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो र लगत्तै निर्बाचन समितिका संयोजकले नव निर्बाचित कार्यसमितीका पदाधिकारीहरुलाई गोपनीयताको सपथ खुवाउनु भएको थियो ।

जनसम्पर्क समिती फ़्रान्सको ऐतिहासिक प्रथम अधिबेशन बाट सर्वसम्मिति बाट चयन हुनेमा अध्यक्ष सुधीर कुमार राना, उपाध्यक्ष द्वय इन्द्र बस्नेत, शिवराम भण्डारी, महामहामन्त्री कमल बिक्रम के सी, सहमहामन्त्री ध्रुव घिमिरे, कोषाध्यक्ष देवीजंग गुरुंग, सह कोषाध्यक्ष धर्मेन्द्र सेन र सदस्यहरुमा थम्मन टण्डन, हीरा खत्री, सागर श्रेष्ठ ,श्रीप्रसाद गुरुंग र बाबूराम शर्मा रहनु भएको छ। १५ सदस्यीय कार्यसमिती को पूर्णता संस्थाको बिधानले प्रवाधान गरे अनुसार ३ जना पछी मनोनीत गरीने भएको छ ।

यसैक्रममा प्रमुख अतिथिबाट नव निर्बाचित कार्यसमितीलाई बधाई तथा शुभकामना दिनुभयो साथै ढीला नै भए पनी फ़्रान्समा जनसम्पर्क समिती खोलिनु सराहनीय कार्य भन्नू भयो । जन सम्पर्क समितिहरुको कान्छो समिति फ्रान्सले उदारणीय कार्य गर्दै सफलता हासिल गर्नेमा ढुक्क भएको कुरा अवगत गर्नु भयो।

कार्यक्रमको अन्तमा नवनिर्बाचित अध्यक्ष सुधीर रानाले सर्वसम्मति बाट आफुलाई संगठनको अध्यक्ष जस्तो गरिमामय पदको ज़िम्मेवारी सुम्पेकोमा धन्यवाद ज्ञापन गर्नुका साथै जनसम्पर्क समिती फ़्रान्स नेपाली समुदाय लक्षित सामाजिक कार्यमा लाग़्ने र पृथक पहिचान बनाउने प्रतिबद्दता जनाउनु भयो ।

प्रतिक्रिया