फेवाताल माथी डारलाग्दो अतिक्रमण ,यसरी पुरिदै छ फेवाताल यसतै रहे तालनै पोखरी बन्ने(स्थलगत रिपोर्ट)

इनेप्लिज २०७५ वैशाख २० गते ११:०८ मा प्रकाशित
सार्वजनिक जग्गा माफियाले व्यक्तिको नाममा बनाएका घटनाहरु त सुनिए, देखिएकै हो । तर माफियाले अब जमिनमुनिको जग्गामा समेत कब्जा जमाउन थालेका छन् । सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ तर  फेवातालमुनिको झण्डै १७ सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । फेवाताल अतिक्रमणबारे छानबिन गर्न गठित समितिले अध्ययनका क्रममा यस्तो तथ्य फेला पारेको हो l ०३४ सालको नापीको क्रममा १ हजारभन्दा धेरैले फेवातालको जग्गा आफ्नो नाममा दर्ता गराएको भेटिएको छ । यसमा नापी कार्यालयका कर्मचारीहरुको समेत मिलेमतो देखिन्छ ।
२०३१ सालमा फेवातालको बाँध भत्किएपछि पानी सुकेको थियो । त्यही मौकामा अवैधरुपमा सार्वजनिक जग्गा एक हजार बढी व्यक्तिहरुले आफ्नो नाममा दर्ता गराएका थिए । तर बाँध पुनर्निर्माण भएपछि तालको पानी फैलिँदै गयो र जग्गा पानीमुनि पर्‍यो ।  फेवाताल अतिक्रमणको श्रृंखला यत्तिमै रोकिँदैन । ताल किनारको ६५ मिटर वरपर कुनै पनि संरचना बनाउन नपाइने नियमको धज्जी उडाउँदै २ सय बढी घरटहरा बनाइएको छ । यसमा व्यवसायी कर्ण शाक्यले बनाउन लागेको पार्क भिलेज रिसोर्ट र बनाइसकेको होटल वाटर फ्रन्टसमेत छन् ।
हेर्नुहोस यसरी भईरहेको छ फेवातालको दोहन l हाम्रो सम्पदामाथी यसरी दोहन भैइरहेको छ हेर्दा सबैको मन रुन्छ  l स्थलगत रिपोर्ट हेर्नुहोस यसरी घट्दै गई रहेको छ फेवाताल l यसरी जुन अनुपातमा तालको छेत्रफल घटीरहेको छ यसले  फेवाताल अबको केही वर्षमा पोखरी बन्ने देखिन्छ

 

प्रतिक्रिया