नेपाल आईडलको पहिलो संस्करणबाट रकस्टारमा उदाएका उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली “हुरि आयो” सार्वजनिक भए लगतै युट्युबको ट्रेडिङ पर्न सफल भएको छ ।रकस्टार उल्सनले नेपालआईडलपछि लामो समयको अन्तरालमा आफ्नो पहिलो साङ्गितीक कोशेली “हुरि आयो” आपनो फ्यान , श्रोता ,दर्शकमाझ आइतबार राती सार्बजनिक गरेका थिए । खोटाङका रकस्टार उल्सन नेपाल आईडलको टप ७ बाट बाहिरिएपछि लामै समयको सांगीतिक अभ्यासपछि उनले “हुरि आयो” लाई ल्याएका थिए । गीत सार्बजनिक भएपछि उल्सनलाइ नया गीतहरु गाउनको लागि र म्युजिक कम्पोजको लागि थुप्रै प्रस्ताबहरु आइरहेका छन् ।
गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित नायिका आँचल शर्मा, ईन्जमाम अलि खान र उल्सन आफैंले पनि अभिनय गरेका छन् । योर स्टाइल इन्टरटेन्टमेन्टले बजारमा ल्याएको भिडियोमा आँचल शर्माको सबैलाई रुवाउने अभिनय रहेको छ। अहिलेका चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेको भिडियोमा सुरेश नेपालीले छायांकन र डिन्सन शाहको सम्पादन रहेको छ। यस अघि नेपाल आईडलका सन्ध्या जोशी, राहुल बिस्वास, केन्जल मेहर श्रेष्ठ, प्रमिला राई, निशान भट्टराई, बुद्ध लामा, सागर आले, सुजाता पाण्डे, सुरज थापा र प्रताप दासले नेपाल आईडल पश्चात साङ्गितिक कोशेली बजारमा ल्याईसकेका छन् ।
प्रतिक्रिया