नायिका नेहा पुनलाई यसरी बलत्कार पछि हत्या गरियो

इनेप्लिज २०७५ वैशाख १८ गते ०:०२ मा प्रकाशित
मगर फिल्मकी नायिका १९ वर्षिया नेहा पुन (योरुना)लाई बलात्कार गरि हत्या गरेको अभियोगमा सतिश भनिने किर्तन खड्गीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाइएको छ ।
अभियोगमा दोषी ठहर गर्दै आइतबार जिल्ला अदालत कास्कीका जिल्ला न्यायाधीश रमानाथ पौड्यालको इजलासले कर्तब्य ज्यानमा सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणी उद्योगमा ५ वर्ष कैदको फैसला गरेको हो । किर्तनविरुद्ध २०७२ फागुन १५ गते हत्या आरोपमा मुद्दा दायर भएको थियो । त्यसयता उनी पुर्पक्षका लागि थुनामा थिए ।
नेहाको २०७२ साल माघ १८ गते राती बलात्कारपछि हत्या भएको थियो । कास्कीको नयाँगाउँ घर भई पोखराको न्यूरोडस्थित स्माइल क्याफेमा कार्यरत नेहाको शब २०७२ माघ १९ गते विहान उनकै घरनजिकै भेटिएको थियो । घटनाको प्रारम्भिक अनुसन्धानमा माघ १८ गते राति किर्तनले नेहालाई घर र्पुयाइदिने भन्दै मोटरसाइकलमा राखेर लगेका थिए ।
घर नपुग्दै लेकसाइड जाउँ भन्दै यौन प्रस्ताव राखेको र नेहाले अस्वीकार गरेपछि हेलमेटले टाउकोमा हिर्काएको किर्तनले अनुसन्धानका क्रममा स्विकारेका थिए । त्यसपछि पनि यौन सम्पर्क गर्न खोज्दा रगत देखेपछि घटनास्थलबाट भागेको किर्तनले बयानमा उल्लेख गरेका थिए ।
करिब २ बर्ष अघि नेहा पुनको बलत्कार र हत्याको बिषयमा उनकै परिवारसंग भएको कुराकानी र गतिबिधीबारे हामीसंग रहेका भिडियोहरु आज फेरी हेर्नुहोस् ।

https://www.youtube.com/watch?time_continue=5&v=z9fH6zQAhjk

प्रतिक्रिया