बाल्टिमोर काउन्टी २०१८ एसियन अमेरिकन एक्सिलेन्ट अवार्ड बाट रविलाल सुनार पुरस्कृत

इनेप्लिज २०७५ वैशाख १६ गते ०:३८ मा प्रकाशित

विजय थापा ,२२ बर्ष पहिले अमेरिका आएका नेपाली मूलका रविलाल सुनार बाल्टिमोर काउन्टी २०१८ एसियन अमेरिकन एक्सिलेन्ट अवार्ड बाट पुरस्कृत भएका छन् । उनि लगायत कूल ४ जना एसियन अमेरिकनले उक्त पुरस्कार प्राप्त गरेका छन् ।

उनलाई बाल्टिमोर काउन्टीले गत मार्च १९ ,२०१८ तारिखको मिति मा पुरस्कृत भएको उक्त पत्रमा जनाएको छ । उक्त पत्रमा सुनारले काउन्टीमा गरेको योगदान को कदर गरेको जनाएको छ ।

मे भनेको एसियन अमेरिकन प्यासिफिक आईल्याण्डर (एएपीआइ) महिना हो र उत्कृष्ट एसियन अमेरिकन बाल्टिमोर को लागि तिमि योग्य भएकोले पुरस्कार दिइएको भनि उक्त पत्रमा जनाएको छ ।

पुरस्कृत भएता पनि एसियन अमेरिकन एक्सिलेन्ट अवार्ड समारोह आगामी मे २३ ,२०१८ मा एक पुस्तकालयमा हुने हुने र उक्त पुरस्कार उक्त दिन प्रदान गरिने पत्र मार्फत बुझिएको छ ।

सुनार चार सन्तानका पिता सन् १९९६ मा अमेरिका आएका हुन् । उनि नासो कम्युनिटी का पूर्व कोषाध्यक्ष हुन् । उनले बाना सामुदायिक भवन खरिद गर्दा योगदान समेत गरेका छन् भने न्याक (नेपाली अमेरिकन कल्चर सेन्टर अफ बाल्टिमोर)का ट्रस्टी पनि हुन् ।

उनले नेपालमा हुँदा जातीय आधारमा गरिने विभेद ,सामाजिक अन्याय बिरुद्ध वकालत गर्दै आएका छन् ।

प्रतिक्रिया