केकी अधिकारीको कोहलपुर एक्सप्रेस प्रदर्शनमा

इनेप्लिज २०७५ वैशाख १५ गते २:३५ मा प्रकाशित

काठमाडौं, १४ बैशाख । नायिका केकी अधिकारीले पहिलो पटक निर्माण गरेको बहुप्रतिक्षित चलचित्र ‘कोहलपुर एक्सप्रेस’ आजदेखी देशभर एकसाथ प्रदर्शनमा आएको छ । त्यस्तै उक्त चलचित्र अमेरिकाको विभिन्न शहरमा पनि प्रर्दशन हुने नायिका अधिकारीले यस अघि जानकारी गराएकी थिईन ।

सिओ डब्लुकाउ गीतबाट नै चर्चा कमाएको चलचित्र कोहलपुर एक्सप्रेस को टेलर पनि निकै मन पराइएको थियो । यस चलचित्रमा नायिका प्रिंयका कार्की, रीचा शर्मा र केकी अधिकारीको निकै मनोरञ्जनात्मक बनको दर्शकहरुले प्रतिक्रिया दिइएका छन् ।

छक्का पञ्जामा लगायतमा सफल अभिनय गरि दर्शकहरुको मन जित्न सफल कलाकार बुद्धी तामाङको हैटको बेजोड प्रस्तुतिले चलचित्रलाई थप शसक्त बनाएको चलचित्र निर्माण पक्षहरुले जनाएको छ । साथै कमेडी सिनेमामा आफ्नो शसक्त पहिचान बनाइसकेका रविन्द्र झाको अभिनयले फिल्मलाई थप रोमान्चक र दर्शकाको मन जित्ने दावी निर्माण पक्षको छ ।

कोहलपुर एक्सप्रेसलाई अमेरिकामा प्लानेट ३, कोशेली इभेन्टस् युएसए र फयुजोन इन्टर नेशनलले वितरण गर्दैछ । अहिले नेपाली समुदायमा सो चलचित्रको ज्यादै माग भएकोले सो चलचित्र प्रर्दशन गर्न लागिएको कोशेली इभेन्टका इभेन्ट डिरेक्टर अर्जुन जुंग कुवरले जानकारी दिए । विशाल भण्डारीले निर्माण गरेको उक्त चलचित्र यही आउदो अप्रिल २७ बाट अल नेपाल र अमेरिकाको विभिन्न शहरहरुमा एकै साथ प्रर्दशन हुने जनाइएको छ ।

प्रतिक्रिया