नेपाल डे परेड कसले गर्ने? -विमल नेपाल

इनेप्लिज २०७५ वैशाख १४ गते २३:५६ मा प्रकाशित

मे २०, २०१८ मा न्यु योर्क सिटीमा बार्षिक नेपाल डे परेड हुदै छ । आयोजना, समन्वय र नेतृत्व कुन संस्थाले गर्ने भन्ने विवाद छ । यो बिबादको कुरै होइन । यसको आयोजक र समन्वयकर्ता नेपाली राजदूताबास वा महाबाणिज्य दुताबास हुनु पर्छ । र यो निकाय लाई एनआरएन यूयसए लगाएत सम्पूर्ण नेपाली संघ संस्थाहरुले सहयोग गर्नु पर्छ ।

अमेरिकामा कुनै पनि नेपाली संस्थाको सचिवालय अफिस र पूर्णकालीन तलबी कर्मचारी छैनन् । र यी संस्थाहरुले आयोजनाको नेतृत्व र समन्वय गर्न सक्दैनन् । तर राजदुताबासलाई आर्थिक सहयोग गर्ने र आफ्नो संस्थाको झाँकी लिएर जाने काम खुशीका साथ गर्न सक्छन।

सचिवालय नभएको संस्था ले यो काम गरोस भनेर अपेक्षा गर्नु मनासिब होइन । दुतावास र यिनका कर्मचारीहरु देशको प्रबर्धन का लागि खुलेका हुन् । नियुक्त भएका हुन् । नेपाल डे परेड अमेरिकाका ठुला सहरहरुमा नियमित रुपमा आयोजना हुनु पर्छ । जसको लागि नेपाली महा बाणिज्य दुताबासले बार्षिक क्यालेन्डर प्रकाशित गरोस ।

हो नेपाल सरकार संग पैसा छैन र बजेट छैन भने नेपाली संस्थाहरुले उठाएर दिन तयार छन् । दुताबासले आयोजक को भूमिका खेलि दिनु पर्यो। तर, यी कुटनैतिक निकायहरू यो आफ्नो काम होइन भनेर पन्छिन सक्छन्।

परम्परागत कुटनीति गरेर मात्र नेपाल विकास हुदैन। नेपाल सरकारले ठूला देश संग आर्थिक र सामाजिक निकटता कायम गर्न राजदूतावास र बाणिज्य दुताबासहरूलाई स्पष्ट कार्यविधि सहित नेपाल मेला र नेपाल परेड लगाउने काम सुम्पिनु पर्छ। यसका लागि हामीले नेपाल सरकारसंग लविङ्ग गर्नुपर्छ।

प्रतिक्रिया