जी.बि ओलीको नजरमा करिश्मा ढकाल’ ठमेल बजारको पहिलो भेट मै सम्बन्ध झांगियो (भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख १३ गते ११:१० मा प्रकाशित

राजु बोहराकाठमाडौँ  नेपाली लोक तथा दोहोरी गीत संगीतको माध्यम बाट आफ्नो छुट्टै स्थान बनाएका गायक तथा सर्जक जे.बि ओलीको प्रस्तुतिमा भर्खरै “ठमेल बजारमा बोलको गीत सार्बजनिक भएको छ । उनले यस अगी सम्झी रुनलाई, मेरो लासमा आगो बलेको, जप्छु तिम्रै नाम, मेरो कथा, बुढी पोइल गइ लगाएतका गीतहरु बजारमा पठाएर अशंख्य श्रोता एवं दर्शकहरुको मन जित्न सफल बनिसकेका छन् ।

बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता लाई ध्यान दिने जे.बि ले यस पटक भने अलि फरक स्वादमा ठमेल बजारमा बोलको गीत सार्बजनिक गरेका हुन् । यस यस गीतलाई सुन्दा चार बर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशको पर्यटन प्रबर्धनको निमित्त महत्वपुर्ण भूमिका खेल्ने देखिन्छ । प्रस्तुत गीतमा जे.बि ओली र सुगम संगीतको क्षेत्रबाट ख्याती कमाएकी चर्चित गायिका मेलिना राइको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय जे.बि ओली र उमेश ठगुन्नाको रहेको छ भने शब्द गायक स्वयम् जे.बि ले तयार पारेका छन् ।

गीतको मिठास्ता एकातिर छ भने यस गीतको म्युजिक भिडियोले पनि अशंख्य संगीत पारखिहरुको मन जिने देखिन्छ । किन कि यस गीतको म्युजिक भिडियोलाई पनि कुनै कन्चुसाई नगरी तयार पारिएको छ । सार्बजनिक भएको छोटो समयमा नै युट्युब भ्युवर्स को माध्यम बाट यस गीतको म्युजिक भिडियोलाई तिन लाख भन्दा माथि हेरी सकिएको छ । ठमेल बजारमा बोलको गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल, धुर्ब हिमाली र जे.बि ओली स्वयम्को पनि नृत्य सहितको अभिनय देख्न सकिन्छ । मौसम हिमाली द्वारा निर्देशित भिडियोलाई छायांकन करन चैंसिरले गरेका हुन् भने सम्पादन मनोज कार्कीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला 

 

प्रतिक्रिया