युगन्डामा मृत्यु भएका बुढाथोकी का परिवारलाई २३ लाख क्षतिपूर्ति

इनेप्लिज २०७५ वैशाख १२ गते १४:०४ मा प्रकाशित

कम्पाला , युगान्डा । गत बर्ष युगान्डामा मृत्यु भएका नेपाली पोस्ट बहादुर बुढाथोकी का परिवारलाई एनआरएनए युगान्डाको पहलमा निजको कार्यरत कम्पनी कामुली सुगर लिमिटेड बाट क्षतिपूर्ति र बिमा बापत नेपाली २३ लाख रुपैया आज नेपाल पठाइएको छ ।

एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भन्डारीका अनुसार मृतक बुढाथोकीको आमा इन्द्रमाया बुढाथोकीको खातामा ५४५० अमेरिकन डलर र छोरी अन्जली बुढाथोकीको नाममा १६९५० अमेरिकन डलर बैंक बाट पठाइएको हो ।

 संघका पुर्ब अध्यक्ष रमेश कंडेलका अनुसार छोरी साबालिक हुन्जेल मुद्दती खातामा उनको रकम रहने ब्यबस्था गरिएको छ भने त्यसको ब्याजबाट प्राप्त हुने रकम उनको शिक्षा र पालन पोषणका लागि आमालाई खर्च गर्न दिइने ब्यबस्था गरिएको छ ।

प्रतिक्रिया