उज्यालोमै हराँनुको कारण खोज्दै राजु श्रेष्ठ (भिडियो सहित)

इनेप्लिज २०७५ वैशाख ११ गते २१:३८ मा प्रकाशित


काठमाडौं । अँध्यारोमा मान्छे हराएको त सुनिएकै हो तर नायक राजु श्रेष्ठ भने उज्यालो मै हराएका छन् । मोडल तथा नायिका रञ्जिता लिम्बुको व्यवहारले गर्दा अर्का मोडल तथा नायक श्रेष्ठले उज्यालो मै हराउँनु परेको गुनासो गर्नु परेको छ । उनको यो गुनासो भर्खरै सार्वजनिक गरिएको गायक कृष्ण राज मेन्याङ्गबोको स्वर रहेको “उज्यालोमै म हराएँ कसरी” बोलको गीतको भिडियो मार्फत बाहिर आएको हो ।

नायिका रञ्जिता सँगको मायाको आशा राखेर हिड्दा निरास हुनु परेपछि राजुले आफु उज्यालो मै हराएको गुनासो गरेको गीतको भिडियो सङ्स नेपालको युट्युव मार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा जानु काम्बाङ लिम्बुको शब्द तथा हरि लम्सालको संगीत र एरेञ्ज रहेको छ । जय दर्लामी मगरले छायाँकन गरेको भिडियोमा निर्देशन तथा सम्पादन तुलसी बाँस्कोटाको रहेको छ ।

https://www.youtube.com/watch?v=dpdR1n_rf5E

प्रतिक्रिया