साहित्यकार गीता खत्रीको सँयोग कथामा आधारित नेपाली चलचित्र सँयोगको प्रथम प्रदर्शन प्रिमियर शो न्यूह्यामशायरमा हुने भएको छ । न्यूह्यामशायरको कन्कर्ड सहरमा आगामी मे १२, २०१८ शनिवारका दिन बेलुकी ५ बजे हुने भएको जानकारी गीता खत्रीले ईनेप्लिजलाई दिएकी छिन् ।
न्यूयोर्कमा तयार भएको यस चलचित्रमा अम्बिका ज्ञवाली, कृष थापा, अनु खड्का, गीता खत्री, ज्योतीकुमार श्रेष्ठ, कुन्ती थापा, आज्ञा ज्ञवाली आदि कलाकारहरुले अभिनय गरेका छन् ।
चलचित्रको निर्देशक, छाँयाकन तथा पटकथा ओम कर्माचार्यले गरेका छन् । चलचित्रको छायाँकन न्यूयोर्क, न्यूसर्जी र पेन्सिलभानियका विभिन्न स्थानहरुमा गरिएको छ । यो चलचित्रले आजको युगमा मानिस मानिसबीच प्रेम र सद्भाव कायम भएमा एउटाको जीवन बितेर गएपनि उसको नाममा कति जीवन रमाएर जिउन सक्छन् भन्ने भावनालाई जीवन्तता दिइएको छ ।
चलचित्रको समय एक घण्टा भन्दा कम समय मै सकिने छ । चलचित्र हुने स्थान :55 Bradley Street, Concord, NH 03301 । चलचित्र प्रदर्शन हुने मिति र समय ,मे १२, २०१८ शनिवार बेलुकी ५ बजे
प्रतिक्रिया