न्यू योर्कमा हुने ‘नेपाल डे परेड’ को हिसाब फर्छौट नहुँदा सम्म परेड स्थगनको लागि कानूनी उपचार खोज्ने

इनेप्लिज २०७५ वैशाख १० गते १०:४५ मा प्रकाशित

न्यू योर्क- ‘नेपाल डे परेड’ २०१६ र २०१७ मा महासंघकै ट्याक्स आईडी प्रयोग गरी नेपाल डे परेडका नाममा उठाएको रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले निवर्तमान अध्यक्ष लुइसांग वाईबा तामाङ र निवर्तमान उपाध्यक्ष मंगलदास श्रेष्ठलाई आगामी दिनमा फिप्नाको लागि र फिप्नाको तर्फबाट प्रतिनिधि तथा पर्यबेक्षक हुन नपाउने गरि निलम्बन गरेको छ भने निवर्तमान अध्यक्ष वाईबालाई सल्लाहकार पदबाट समेत वर्खास्त गरिएको छ ।

महासंघले न्यू योर्क राज्यको महान्याधिवक्ता (एटोर्नी जनरल) को मुनाफा रहित 501(c)3 संस्थाहरुको आर्थिक हिनामिना हेर्ने शाखामा महासंघ जस्तो साझा सामाजिक संस्थाको ट्याक्स आईडीको दुरुपयोग गरेको र नेपाल डे परेडको नाममा उठाईएको अनुदान रकम महासंघकै नाममा छुट्टै बैंक खाता खोली संचालन गरी हिसाब किताब नबुझाएको भनी निवदन पेश गरी सकेको जनाएको छ ।

महासंघले आफ्नो विज्ञप्तिमा “फिप्नाको निवर्तमान अध्यक्ष र निवर्तमान उपाध्यक्षको ब्याक्तिगत सक्रियतामा सम्पूर्ण संघ संस्था र समुदायलाई बेवास्ता गर्दै गर्न खोजिएको ब्याक्तिगत स्वार्थपूर्ण नेपाल डे परेड र सम्बन्धित व्याक्तिहरुको बिरुध्द न्युयोर्क सिटीको मेयर कार्यालयको क्रिमिनल ल अफिस, एटोर्नी जनरल अफिस, पार्क तथा रिक्रिएशन अफिस, ट्याक्स एण्ड फाईनान्स बिभाग र क्वीन्स काउन्टी कोर्टमा कम्प्लेन तथा ज्ञापन पत्र बुझाई सकिएको र थप कानुनि प्रकिया तुरुन्त अगाडी बढाउने निर्णय गरिएको छ’ भनि उल्लेख गरेको छ । यो समाचार प्रथम युएसनेपाल आनलाइन ले प्रकाशित गरेको हो ।

महासंघको पत्र जस्ता को तस्तै ”

प्रतिक्रिया