ताजा समाचार : उत्तर कोरियाले परमाणु परीक्षण स्थगित गर्ने

इनेप्लिज २०७५ वैशाख ७ गते २२:४८ मा प्रकाशित

 

 

उत्तर कोरियाले परमाणु परीक्षणलाई स्थगित गर्ने जनाएको छ । यसको साथै अन्तर महादेशलाई प्रक्षेपण गर्ने क्षेप्यास्त्र छोड्ने स्थगित गर्ने जनाएको छ । राष्ट्रको एक मात्र राष्ट्रिय समाचारले उक्त जानकारी अप्रिल २० तारिख शुक्रबार दिएको छ ।

उक्त जानकारी वर्तमान शासन गर्ने श्रमजीवी दलको बैठकको निर्णयबाट आएको जानकारी बीबीसीले लेखेको छ ।

यसको साथै उत्तर कोरियाले राष्ट्रको उत्तरी क्षेत्रमा रहेको परमाणु केन्द्र बन्द गर्नु नै यसको पुष्टी हुन्छ कि अब उत्तर कोरियाले परमाणु परीक्षण बन्द गरेको समाचार कोरियन केन्द्रिय समाचार समितिले समेत लेखेको छ ।

प्रतिक्रिया