अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता मिस स्कुबा नेपाल २०१८ नेपालमा आयोजना गरिने

इनेप्लिज २०७५ वैशाख ६ गते २१:२१ मा प्रकाशित

काठमाडौँ : नेपालमा पहिलो पटक मोडल सङस नेपाल प्रालिले अन्तराष्ट्रिय स्तरको मिस स्कुबा नेपाल २०१८ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ l उक्त सौन्दर्य प्रतियोगिताका बिजेतालाई अन्तराष्ट्रिय स्तरमा हुने मिस स्कुबा मलेसियामा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गर्न लागिएको मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन साथमा अन्य अन्तराष्ट्रिय विभिन्न प्रतिश्प्रधाहरुमा समेत भाग लिन सकिनेछ l

मोडल सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला प्रतियोगीहरुले मोडल सङस नेपाल प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्म र महिलाको उचाइ ४' ७" प्रतियोगीहरु हुनु पर्नेछ l
उक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।

इच्छुक प्रतियोगी हरु सम्पर्क को लागि तल को ठेगानामा सम्पर्क गर्न सक्नेछन l Contact us for more details or
Inbox us Phone- contact ९८०९६४९५४१/ ९८४२६३७२२२

अनलाइन रजिस्ट्रेसन फर्मको लागि यो लिंकमा क्लिक गर्नु होला :

https://docs.google.com/forms/d/e/1FAIpQLScJtt1w3uxnF8FF6-
G9G1sT211KChZlR32wDIHEOI5TmXYHIA/viewform?usp=send_form

प्रतिक्रिया