आमा- पीताम्बर पाण्डेय

इनेप्लिज २०७५ वैशाख ३ गते १४:०६ मा प्रकाशित


आमा तिमी ममताकी नदी हौ,
मातृप्रेमकी बिशाल सागर हौ,
अनि दया र करुणाकी महासागर हौ
सन्तानको निम्ति आफुलाई केही नराख्ने
यो दुनियाँकी एक भगवान हौ।

म सानो थिए, तिमी ठुली
तर मेरो कचौरामा भन्दा तिम्रो कचौरामा
सधैं दुध किन थोरै हुन्थ्यो,
म कहिल्यै बुझ्थिन।
आमा तिम्रो माया कती अपार छ!

अरुको अघि गल्ती गर्दा पीट्थ्यौ
म धुरु-धुरु रुन्थे,
तर तिम्रो आँखामा आँशु किन आउँथ्यो
म बुझ्न सक्थिन,
आमा तिम्रो मातृस्नेह कती गहन छ।

म जति नै घोत्लिएर सोचुँ,
अनि मनोबेगले जती नै रफ्तार लिगोस्,
तिमो मातृप्रेमको हिसाब नाप्न सक्दैन,
म जती सुकै पढुँ, तर
तिम्रो बयान गर्ने सबै शब्द नै पाउंँदिन।

म रिसाइ बसे तिमी बोलाई रहन्थ्यौ,
म बोली रहे तिमी सुनी रहन्थ्यौ,
मेरो आँखामा आँशु देखे तिमी रुन्थ्यौ,
म खुशीले पागल हुँदा पनि तिमी रुन्थ्यौ,
म कसरी बुझुँ कि आमा तिमी को हौ!

उपमा र तुलना म तिमीलाई,
पृथ्वी सँग मात्र हैन आमा
पुरा ब्रम्हाण्ड सँग गर्दछु,
तर कुन शब्दले बयान गरुँ
कि तिमो को हौ?
आमा तिमी को हौ?

(मातृ-औँशीको सबै जनालाई शुभकामना, सम्पूर्ण माताहरुलाई हृदयभावले प्रणाम!)

– पीताम्बर पाण्डेय

प्रतिक्रिया