डा. अम्बेडकर पुरस्कारद्वारा महिला सामाजिक अभियन्ता परियार लगायत विश्वका ९ व्यक्तित्वहरू सम्मानित

इनेप्लिज २०७५ वैशाख २ गते १४:१६ मा प्रकाशित

अमेरिकाको न्युयोर्कमा गत अप्रिल १३ तारिख आयोजित डा अम्बेडकर बार्षिक पुरस्कार समारोहमा नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियार लगायत विश्वका ९ व्यक्तित्वहरू सम्मानित भएका छन् ।

उक्त समारोह फाउनडेसन फर ह्युमन होराइजन युएसएले एआई ( अप्राकृतिक मेधावी )ले न्यूयोर्कमा गरेको हो । सम्मानित हुनेहरुमा प्रा संजय खोब्रागादी ,जिन गुबाई बोल्क ,स्नेहा भालेराव ,क्याप्टेन बिनय भोमबोले अफ एयर इन्डिया ,मिस अरब युएसए २०१८ ईनास अलवम तथा संचारकर्मी राज्नेद्र कुमार गौतम आदि सम्मानित भएका छन् ।

१२७ औ बार्षिकी को उपलक्ष्यमा फाउनडेसन फर ह्युमन होराइजन युएसएले सयुक्त राष्ट्र संघ को आर्थिक तथा सामाजिक मामला बिभाग को सहकार्यमा उक्त कार्यक्रम को आयोजना गरेको हो । यो समाचार प्रथम युएसनेपाल अनलाइनले प्रकाशित गरेको हो ।

प्रतिक्रिया