अमेरिकी पत्रकारहरुको सभामा पहिलो पटक नेजा प्रतिनिधिहरुको सहभागिता

इनेप्लिज २०७५ वैशाख २ गते १३:४३ मा प्रकाशित

 

वाशिंगटन डिसी। संसार भरिका ब्यवसायिक पत्रकारहरुको संस्था सोसाइटी अफ प्रोफेसनल जर्नालिष्ट (Society of Professional Journalists-SPJ) को पत्रकारिता र प्रेस सम्बन्धी सम्मेलनमा पहिलो पटक नेपाली अमेरिकन पत्रकारले पनि स्थान पाएका छन् ।

नेजा उपाध्यक्ष गुणराज लुईटेलको लगातारको प्रयास र पहलको परिणामस्वरुप सोसाइटी अफ प्रोफेसनल जर्नालिष्टले यस पटक भने भर्जिनियाको राजधानी रिचमण्डमा शनिवार भएको आफ्नो क्षेत्र २ सम्मेलनमा नेपाली अमेरिकन पत्रकारहरुलाई सहभागी हुन अनुमति दिएको हो ।

सोसाइटी अफ प्रोफेसनल जर्नालिष्ट र भर्जिनिया प्रेस एसोसिएसनको संयुक्त आयोजनामा भएको सो भेलामा नेजाका उपाध्यक्ष गुणराज लुइटेलले नेपाली पत्रकारिता र पत्रकारहरुको बारेमा संक्षिप्त प्रकाश पार्नु भएको थियो ।

सो सभामा नेजा सल्लाहकार वरिष्ठ पत्रकार योगेश उपाध्याय, नेजा पूर्व डिसी मेट्रो संयोजक विश्व थापा र नेजा सदस्य टेलिभिजन पत्रकार कीरण मरहट्ठा पनि सहभागी हुनु भएको थियो ।

यस किसिमका अमेरिकी पत्रकारका सम्मेलनमा यसरी नेपाली पत्रकारहरुको सहभागिता भएको यो पहिलो पटक हो ।

यही शुक्रबार र शनिबार भर्जिनियाको रिचमण्ड शहरमा भएको एसपीजे दोस्रो क्षेत्रीय सम्मेलनमा सहभागिता पछि नेजा र नेपाली पत्रकारहरुलाई एसपीजेले मान्यता दिनुको साथै आगामी अन्तरराष्ट्रिय सम्मेलनमा प्यानल छलफलमा समेत एजेण्डा सहित सहभागी हुन नेपाली पत्रकारहरुलाई आह्वान गरेको छ ।

पहिले यस किसिमका सभामा भाग लिन एसपिजेको सदस्य हुनै पर्ने ब्यवस्था भएतापनि पनि अहिले पत्रकार लुइटेलको बारम्बारको पहल र वार्ता पछि गैर एसपीजे सदस्यलाई पनि सहभागी हुन अनुमति दिएको जानकारी उहॉले दिनु भयो ।

नेपाली पत्रकारहरुको टोलीले नेपाली पत्रकारिता एवं अमेरिकी नेपाली सामुदायिक पत्रकारिताबारे सो सभाका सहभागीहरुलाई जानकारी गराएको थियो ।

नेपाली पत्रकारलाई अमेरिकाको मूल प्रवाहमा समाहित गर्न र हाम्रा सम्बन्धहरुलाई अमेरिकी ब्यवसायिक पत्रकारहरु सम्म बिस्तार गर्न यस सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी नेजा उपाध्यक्ष लुइट्लले दिनु भयो ।

आफू अमेरिका बसेको १० वर्ष बढी भएतापनि यस किसिमले अमेरिकी पत्रकारका सम्मेलनहरुमा सहभागी हुने मौका नमिलेको भन्दै यस पटकको कदमले अन्तरराष्ट्रिय रुपमा नै नेपाली पत्रकारहरुको सम्बन्ध विस्तार हुने विश्वास वरिष्ठ पत्रकार योगेश उपाध्यायले ब्यक्त गर्नु भयो ।

सो कार्यक्रमलाई ईनेप्लिज डट कमका सम्पादक विश्व थापाले लाइभ गर्नु भएकोमा आयोजकले विशेष धन्यबाद दिएका थिए ।

पत्रकार कीरण मरहट्ठाले नेपाली पत्रकारहरु पनि अन्तरराष्ट्रिय स्तरका रिपोर्टिंग गर्न तथा टिभी कार्यक्रम र डकुमेण्ट्री तयार गर्न सक्षम भएको तर अवसरको खोजी गर्ने बानि नभएकोले पछि पर्नु परेको कुरा बताउनु भयो ।

सो सभामा वेभ साइट रिपोर्टिंगका तरिकाहरु, फेसबुक लाईभ र पत्रकारितामा यसको ब्यबस्थित प्रयोग, सामाजिक संजालको बढ्दो प्रभावसंगै पत्रकारका बललिंदा आचारसंहिता, अमेरिकामा सत्ताबाट भएको सूचना र संचार माथिको प्रहार, कलेज पढाई सकेका विध्यार्थीहरुलाई ब्यवहारिक एवं ब्यवसायिक तालिम र अवसरको खोजी लगायतका विषयमा छुट्टा छुट्टै सेसनहरु संचालन गरिएका थिए ।

सम्मेलनका आयोजक एसपिजे बोर्ड सदस्य तथा भर्जिनिया कमनवेल्थ युनिभर्सिटीका प्रोफेसर जेफ साउथले आफूले दुई पटक नेपाल भ्रमण गर्दा नेपालको मुक्तिनाथ सम्म पद यात्रा गरेको प्रसंग उल्लेख गर्दै नेपाली पत्रकारिताको विकासमा सकेसम्म सहयोग गर्ने आश्वासन दिनु भयो । यसैगरी भर्जिनिया प्रेस क्लवले पनि स्थानीय नेपाली पत्रकारहरुलाई सदस्यताको आवेदन दिन आह्वान गरेको छ ।

Society of Profession Journalists (SPJ) region 2 conference live from Richmond VA. NEAJA and Nepalese journalists Are participating— पत्रकारहरुको रिचमण्ड भेला –

Posted by Enepalese on Saturday, April 14, 2018

सोसाइटी अफ प्रोफ़ेसनल जर्नालिष्टको सभामा story telling on the web सम्बन्धी गोष्ठी । नेपाली पत्रकारहरु योगेँश उपाध्याय, गुणराज लुईटेल, कीरण मरहट्ठा र विश्व थापा रवि सहभागी ।

Posted by Enepalese on Saturday, April 14, 2018

An interview with National Board Member of Society of Professional Journalists and Professor of Journalism Jeff South on SPJ Regional convention and other media issuesर

Posted by Enepalese on Saturday, April 14, 2018

नेजा उपाध्यक्ष गुणराज लुइटेल सोसाइटी अफ प्रोफ़ेसनल जर्नालिष्टको सभामा नेपाली पत्रकार र पत्रकारिताबारे जानकारी गराउदै । साथै आफ्नो टीमका पत्रकारहरु योगेश उपाध्याय, कीरण मरहट्ठा र विश्व थापालाई सभामा परिचित गराउदै ।

Posted by Enepalese on Saturday, April 14, 2018

सोसाइटी अफ प्रोफ़ेसनल जर्नालिष्टको सभामा पुलित्जर प्राइज विजेता पत्रकार डेविड फिंकेल David Finkel पत्रकारहरुको आचार संहिता सम्बन्धमा Key Note speech दिनुहुंदै । सभामा नेपाली पत्रकारहरु योगेँश उपाध्याय, गुणराज लुईटेल, कीरण मरहट्ठा र विश्व थापा पनि सहभागी रहेका छन ।

Posted by Enepalese on Saturday, April 14, 2018

प्रतिक्रिया