BusObas अन्लाईन टिकटिङ संचालनमा

इनेप्लिज २०७५ वैशाख २ गते १२:२२ मा प्रकाशित

१ वैशाख, काठमाडौं, नबिन पौडेल ।

नयाँ वर्षको सुरुवात संगै आधुनिक प्रविधिले फड्को मारेको छ । सर्बसाधरणहरुले यात्राका निम्ति भोग्नु परिरहेको कठिनाइलाई मध्य नजर गर्दै घरमै बसि-बसि बस टिकट काट्न सकिने ब्यबस्थाको सुरुवात भएको छ ।

नयाँ वर्षको अवसर पारी Seven Tech नामक संस्थाले busObas अन्लाईन टिकट बुकिङ वेबसाईट प्रयोगमा ल्याएको हो । उक्त वेबसाईट आज लाईभ गरिएता पनि टिकट काट्ने ब्यबस्था भने यहि बैशाख १५ गतेदेखि सुरु गरिने भएको छ ।

पोखरा,काठमाडौं लाई पहिलो प्राथमिकता दिएर busObas अन्लाईन टिकटिङ संचालनमा ल्याइएको Seven Tech का संस्थापक बताउछन् । उनी भन्छ्न, busObas छ भने किन टिकट काउन्टर सम्म पुग्ने दु:ख गर्नु हुन्छ ? तपाईंको बैंक खाता अबस्य छ होला, इ बैन्किङ पनि प्रयोग गर्नु भएकै होला ईन्टरनेट त अबस्य प्रयोग गर्नु हुन्छ भने सजिलै www.busObas.com मा गइ टिकट काट्न सक्नु हुन्छ ।

प्रतिक्रिया