दिलसिङ्ग मेन्याङ्बोको “कस्ले भन्छ खुशी छु म” लोकार्पण ।

इनेप्लिज २०७४ चैत ३० गते २३:५६ मा प्रकाशित

सुरेन्द्र इङ्नाम– केन्ट, बेलायत ।गीतकार दिलसिङ् मेन्याङ्बोले वहाको आउने एल्बम “दिलको सृजना” एल्बमको पहिलो गीत “कस्ले भन्छ खुशी छु म” बोलको गीत युट्युब मार्फत लोकार्पण गरेका छन ।

ताप्लेजुङ थेचम्बु जन्मथलो भई पछि झापा, शिवसताक्षी नगर पालिका वडा नम्बर ५ सृजना चोक बसाई सरेका, हाल हाईवेकम बेलायत कर्मथलो बनाई कार्यरत लिम्बु समुदायको सामाजिक संस्था किराँत याक्थुङ् चुम्लुङ् को बर्तमान केन्द्रिय अध्यक्ष गीतकार दिलसिङ् मेन्याङ्बोले उक्त एल्बमको सबै गीतहरु रेकर्ड भई सकेको र “कस्ले भन्छ खुशी छु म” गीतमा संगीत पनि आफैले भरेका छन भने आफैले छोटो मोडलको भुमिका पनि निर्वाह गरेका छन । यस गीतमा स्वर ब्रबिन शेर्मा, सिनेमाटोग्राफी रबिन्द्र बराल भने डाईरेक्सन र पोस्ट प्रोडक्सन सुल्तान ईधिङ्गो तथा सुल्तान प्रोडक्सनको रहेको छ ।

उक्त एल्बमका अन्य २ म्युजिक भिडियो हरु “बैशलाई हेरेर” र “आज मेरो बिदाईको” म्युजिक भिडियो हरु पनि युट्युमा राखि सकेका छन । “बैशलाई हेरेर” मा दिपक लिम्बुको स्वर, संगित कुमार लिम्बु र किशोर सुब्बाले निर्देशन गरेका छन । “आज मेरो बिदाईको” बोलको गीतमा मेलिना राईको स्वर, चोक गुरुङको संगीत र किशोर सुब्बाले निर्देशन गरेका छन ।

गीतकार गीत, संगीतमा मात्र नभएर बेलायत बसि सामाजिक र कल्याणकारी कामहरुमा पनि ब्यस्त रहन्छन । आशा गरौ, वहाको आउने यस एल्वमले गीतकारलाई सांङ्गेतिक आकाशमा गीतकारको रुपमा चिनिन सफल हुनेछन ।

म्युजिक भिडियोको लिङ्कहरुः

बस्ले भन्छ खुशी छु म:  https://www.youtube.com/watch?v=8SzNBzmuYYM

बैशलाई हेरेर: https://www.youtube.com/watch?v=Cq7atzDqk2c&feature=youtu.be

आज मेरो बिदाईको: https://www.youtube.com/watch?v=EM77zg8Oh6E&feature=youtu.be

प्रतिक्रिया