युएसनेपालअनलाईनले ईनेप्लिज को बारेमा यस्तो किन लेख्यो ?

इनेप्लिज २०७४ चैत २९ गते १:४० मा प्रकाशित

अमेरिकाको न्यु जर्सी बाट संचालित युएसनेपालअनलाईनले प्रथम पटक ताजा समाचार प्रकाशित गरे पछि ईनेप्लिज को बारेमा केही कुराहरु लेखेको छ । प्रमुख सम्पादक प्रदिप परियार थापाले  उक्त समाचारमा यदी अर्को कुनै मिडियाले आफूले भन्दा पहिले कुनै घटनाको पहिलो ब्रेकिंग समाचार छापेको छ भने त्यो समाचार पढेर आफूले समाचार लेख्दा/छाप्दा उक्त समाचारको स्रोत खुलाउनु पर्ने नैतिक दायित्व भएको संसारभरका सबै संचार संघहरूले आफ्नो नीतिमा उल्लेख गरेका छन्।

तर नेपाली मिडियामा, त्यो पनि अनलाईन मिडियामा त बिना स्रोत खुलाई ‘कपी-पेष्ट’ गरी मिडिया चलाउने बबुरोहरूको कुनै कमी छैन। युएसनेपालअनलाईनले नेपाल डे परेडको बिबादबारे छापेको समाचारमा ‘प्रथम समाचार न्यू जर्सीबाट संचालित युएसनेपालअनलाईनले प्रकाशित गरेको हो।’ भनेर स्रोत खुलाएका छन् भनि लेखेका छन् ।

प्रमुख सम्पादक प्रदिप परियार थापा जे देख्यो त्यो लेख्ने पत्रकार हुन् । नेपाल परेड दिवस को अर्थ विवाद बारे प्रथम प्रकाशित गरेकोले ईनेप्लिजले श्रोत खुलाएर लेख्ने प्रयास गरेको मात्र हो ।

युएसनेपालअनलाईनले ईनेप्लिज को बारेमा लेखेको समाचार जस्ता को तेस्तै :

ब्रेकिंग न्यूजलाई क्रेडिट दिन महोदयले यसरी शुरू गरे !

Exclusive: अमेरिकामा झण्डै दुई दशकदेखि नेपाली भाषामा मात्र बोलेर र समाचार लेखेर चर्चामा आएका युएसनेपालअनलाईनका अतिथि सम्पादक तथा ईनेपालीजका सम्पादक विजय थापा (Bijay Thapa) उर्फ ‘महोदय’ ले नेपाली अनलाईन मिडियामा नराम्ररी मौलाएको अर्को मिडियाले पहिलो ब्रेकिंग गरेको समाचारलाई आफ्नो भनी ‘कपी-पेष्ट’ छाप्ने परम्पराबाट वाक्क र पीड़ित भएपछि जुन मिडियाले पहिलो ब्रेकिंग समाचार छापेको हो त्यो स्रोत खुलाएर समाचार बनाउन शुरूवात गरेकाछन्।

सोसाईटी अफ प्रोफ़ेशनल जर्नलिस्टको कोड अफ ईथिक्समा ‘Never plagiarize. Always attribute.’ भनिएको छ। यदी अर्को कुनै मिडियाले आफूले भन्दा पहिले कुनै घटनाको पहिलो ब्रेकिंग समाचार छापेको छ भने त्यो समाचार पढेर आफूले समाचार लेख्दा/छाप्दा उक्त समाचारको स्रोत खुलाउनु पर्ने नैतिक दायित्व भएको संसारभरका सबै संचार संघहरूले आफ्नो नीतिमा उल्लेख गरेकैछन्। तर नेपाली मिडियामा, त्यो पनि अनलाईन मिडियामा त बिना स्रोत खुलाई ‘कपी-पेष्ट’ गरी मिडिया चलाउने बबुरोहरूको कुनै कमी छैन।

संचारकर्मी विजय थापाले अरूलाई सवक सिकाई सही बाटोमा हिडाउन उनले ईनेपालीजमा नेपाल डे परेडको बिबादबारे छापेको समाचारमा ‘प्रथम समाचार न्यू जर्सीबाट संचालित युएसनेपालअनलाईनले प्रकाशित गरेको हो।’ भनेर स्रोत खुलाएका छन्।

यसै पोष्टमा उदाहरणको लागि अमेरिकी चर्चित मिडियाहरू The New York Times र The Washington Post ले पहिलो ब्रेकिंग समाचार प्रकाशित गर्ने मिडियाको नाम प्रष्ट उल्लेख गरी त्यो समाचार first शब्दमा क्लिक गरी पढ्न सकिने गराएको स्क्रिन सट राखिएकोछ। The Washington Post ले उल्लेख गरेको छ: “The seizure of the Cohen’s records was first reported by The New York Times.’ त्यसै गरी, The New York Times ले उल्लेख गरेको छ: Mr. Ryan’s intentions were first reported by Axios.’

चोर पक्राउ

कतिसम्म भने युएसनेपालअनलाईनमा यो पंक्तिकारले स्थलगत भ्रमण गरी प्रकाशित गरेको समाचार अन्य ‘कपी-पेष्ट’ मिडियाहरूले उनीहरूकै सम्बाददाताद्वारा भनी हुबहू छाप्ने गरेको पाएकोछु। हुँदाहुँदा, मैले जाँच्नको लागि समाचारको बिचबिचमा ‘युएसनेपालअनलाईनलाई बताए’ या ‘युएसनेपालअनलाईनसंग गुनासो गरे’ भनी छापेको समाचार त हुबहू अरू सन्चार माध्यममा पो धमाधम ‘हाम्रो सम्बाददाताबाट’ भन्दै छाप्छन् त।

हैट, अब चैं यो ‘कपी-पेष्ट’ को चोरी र अपराधको लज्जास्पद कुरा यी माथिको दृष्टान्टबाट सिक्दै चोर्न बन्द गर्ने र स्रोत खुलाई आफ्नो मिडियालाई अझ भरपर्दो बनाउँने कि ? चेतना भया।

#USNepalOnline

प्रतिक्रिया