नायिका साम्राज्ञीले स्तनको टाटु अन्तर्वार्तामा देखिएपछि…

इनेप्लिज २०७४ चैत २८ गते ३:१५ मा प्रकाशित

काठमाडौं । नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले आफ्नो गोप्य अंगमा बनाएको टाटुलाई मिडियासामु फेरि एकपटक देखाएकी छिन् । टाटु देखाएपछि प्रशंसकहरूले खुलदुलीपूर्ण टिप्पणी गरेका छन् ।

एउटा युट्युब च्यानललाई दिएको अन्तर्वार्तामा साम्राज्ञीले पटक–पटक गोप्य अंग (स्तन) मा बनाइएको टाटु देखाएकी छिन् । उनले अन्तर्वार्ताका बेला त्यस्तै कपडा लगाएकी छिन् ।

दाहिने काखीको सिधा मुनी स्तनमा साम्राज्ञीले टाटु बनाएको देखिएको छ । उनले त्यो टाटु देखियोस भनेर आफ्ना हातलाई अन्तर्वार्ताका क्रममा माथिमाथि उठाउने गरेकी छिन् । उनले लगाएको सीमित कपडाले टाटु छोपिन सकेको छैन ।

स्तनमा साम्राज्ञीले बनाएको टाटु बनाएको भिडियोमा प्रत्यक्ष देख्न सकिन्छ । हुन त साम्राज्ञी अभिनित फिल्म ‘तिमीसँग’ भरखरै आएको छ । ‘तिमीसँग’को प्रमोशनमा छिन् आजकाल नायिका साम्राज्ञी ।

यही टाटुलाई लिएर एक पटक साम्राज्ञीले हंगामा समेत मच्चाकी थिइन् । उनले पत्रकारहरूले टाटु किन हेरेको भनेर विरोध जनाएकी थिइन् ।

प्रतिक्रिया