नेपाल चिनाउने न्यू योर्कको ‘नेपाल प्रदर्शन दिवस” मा $ ६७ हजार डलरको हिसाब किताव हिनामिना भएको खुलाशा

इनेप्लिज २०७४ चैत २६ गते २३:१३ मा प्रकाशित

न्यु योर्कमा सन् २०१६ र सन् २०१७ मा सफलता पूर्वक सम्पन्न गरेको नेपाल चिनाउने नेपाल डे परेड (नेपाल प्रदर्शन दिवस )२०१६ र २०१७ को हिसाव किताव हिनामिना भएको खुलाशा भएको छ । प्रथम समाचार न्युजर्सी बाट संचालित युएसनेपालअनलाइनले प्रकाशित गरेको हो ।

हिसाबकिताव हिनामिना तथा गडबड भएकोले नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले छापा बिज्ञप्ति जारी गरेको छ । सन् २०१६ र सन् २०१७ मा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) र महासंघका १६ वटा संघ संस्थाहरुको समन्बय र संयोजनमा महासंघकै कर परिचय पत्र संख्या (ट्याक्स आईडी नम्बर }प्रयोग गरी नेपाल डे परेड(नेपाल प्रदर्शन दिवस )का नाममा अमेरिकी डलर $६७,३८१ चन्दा सङ्कलन गरेको थियो ।

उक्त उठेको रकमको हिसाब किताब महासंघको नयाँ कार्यसमितिलाई नबुझाएको भन्दै महासंघले पूर्व केही अधिकारीहरुलाई पटक पटक अनुरोध गर्दा बेवास्ता गरेको भन्दै यसबाट उत्पन्न कानुनि तथा अड्चन बारे सम्बन्धित व्यक्तिहरु जिम्मेबारी हुनु पर्ने ध्यानाकर्षण गरेको छ ।

महासंघले प्रेष-बिज्ञप्ति जारी गरी बिगत दुई बर्षका नेपाल डे परेडहरुमा जस्तै महासंघले आफ्ना १६ संघीय परिशद सदस्य संगठनहरु र अन्य नेपाली संस्थाहरु सम्मिलित आयोजक समिती निर्माण गर्न शहर बैठक भेलाको तयारी गरिरहेकै बेला समाजका अगुवाहरुले नेपाल प्रदर्शन दिवस २०१८ को नाममा समाजिक सन्जाल र नेपाली समाजमा अवान्छित गतिबिधीहरु गरेको जानकारी भएको भन्दै महासंघको गम्भिर ध्यानाकर्षण गराएको छ ।

पढ्नुहोस महासंघद्वारा जारी प्रेष-बिज्ञप्तिको पूर्ण पाठ:

प्रतिक्रिया