भूधराको ‘धराश्री’ लोकार्पित

इनेप्लिज २०७४ चैत २४ गते १:२५ मा प्रकाशित

काठमाडौं, ६ अप्रिल।
कथाकार भूधरा उपाध्यायद्वारा लेखिएका १८ कथाहरुको संग्रह ‘धराश्री’ शुक्रबार एक समारोहका बीच सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सो संग्रहको विमोचन गरे । समकालीन साहित्य प्रतिष्ठान, बेलायतको नेपाल सम्पर्क कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि डा. घिमिरेले नेपाली कथाका क्षेत्रमा एक कुशल नारी हस्ताक्षरको आगमन भएको उल्लेख गरे ।


कार्यक्रममा बरिष्ठ कथाकार माया ठकुरीले भूधराका कथाहरु पढ्दा आफूलाई उनिप्रति इश्र्या लागेको उल्लेख गर्दै कथाकारले संग्रहमा प्रस्तुत कथामा फरक स्वाद पस्केको बताइन ।

समकालीन साहित्य प्रतिष्ठान, बेलायत नेपाल सम्पर्क समितिका उपाध्यक्ष साहित्यकार श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. कृष्ण उपाध्याय, डा. लेखप्रसाद

प्रतिक्रिया