के यी बुढा बा आमाका आशुले न्याय पाउला र ? जसको छोरी पुलिसले नै बलात्कार गरेर मार्यो (भिडियो)

इनेप्लिज २०७४ चैत २३ गते ०:२० मा प्रकाशित

 

रोजगारीको शिलसिलामा प्रवासमा रहेर पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् शरिन ख्युङ्वा तामाङ, इजराइलमा बस्दै आउनु भएको समाज सेवी चेलीको आवाज आज भोलि सामाजिक संजालमा आइरहेको देखिन्छ! शरिन ख्युङ्वा तामाङ आफ्नो फेसबुक स्टाटसमा लेख्नु भएको छ, सामुहिक बलात्कार पछि हत्या गरिएकि नानू गोरिकला रोकायको बृद्धअबश्थामा बाबाआमालाइ तपाईं हामी सबै मिलि सानो आर्थिक सहयोग गरौ भन्दै इच्छुक साथीहरूलाई आर्थिक सहयोगको लागि अपिल आफ्नो फेसबुक मार्फत गर्नु भएको छ !

उहा भन्नु हुन्छ : मैले सक्ने म गर्छु यहाहरुले सक्ने यहाहरुले गर्नुभयो भने यी दुखी बाबाआमाको सहारा हामी बन्न नसकेता पनि वहाहरुको अभावलाई केही टेवा दिन अवस्य सकिन्छ।
यी दुखी बाबाआमा तिनै हुन जसको छोरी एसईइ परिक्षा दिन जादा बर्दिको आडमा केही नरपिशाचहरुले सामुहिक बलात्कार पछि हत्या गरि मारेको थियोे ।
गोरीकला परिवारमा धेरै पढेकी मात्रै थिइनन्, ७० वर्षे बुवा काले रोकाय र ६० वर्षे आमा गामदेवी रोकायकी सहारा बनेकी थिइन् । ‘परिवारकै भरोसा कान्छी छोरी माथि थियो’ गोरीकलाका बुवा काले रोकायले भने, ‘छोराछोरीमध्ये ध्यान दिएर पढेकी थिई, सबै खुशी थियौँ । तर, शत्रुको नजर लाग्यो । छोरी पढेर ठुलो मान्छे बनेको हेर्ने धोको हुरीले उडायो ।’
हिजो राती आधारातमा यिनै मर्माहित बाबाआमाको पीडा माथिको झन पिडा सुनेर स्तब्ध भय निदाउन सक्दै सकिन.. सपनाहरू भताभुङ्ग मात्र होइन पक्डिने बैसाखी पनि निस्ठुरी समयले जबर्जस्ति राम्रोसँग फुल्न फकृन नपाउदै चुढेर लादा जो कोहि होस उसको दु:खलाई मुल्यांकन गर्दा म स्वयं आफुलाइ त्यहा पाउछु हमेसा ।

प्रतिक्रिया