नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

इनेप्लिज २०७४ चैत २२ गते २३:४५ मा प्रकाशित

नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक(भिडियो सहित) काठमाडौँ : नेपालकै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’को अभिनय रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा कार्टुन्ज क्रुको एकदमै दमदार डान्स देख्न सकिन्छ । ‘रेली माइ’ बोलको गीतमा टंक बुढाथोकीको स्वर, शब्द तथा संगीत छ ।

ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफीमा रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सरोज अधिकरीको निर्देशनमा बनेको भिडियोलाई सरोजको साथमा सुविन चौहान र राम घलेले कोरियोग्राफी गरेका छन् । भिडियोमा कार्टुन्ज क्रुको टीम मेम्बरहरु सरोज अधिकारी, आश्मा बिश्वकर्मा, लाक्पा डि लामा, राम घले, सुविन चौहान र बिकास राईको साथमा दृष्टि श्रेष्ठ, बिजय अधिकारी र दिपेश बुढाथोकी पनि देखिएका छन् । 

गीत सार्वजनिक सँगै गायक टंक बुढाथोकी र कार्टुन्ज क्रुका टिम मेम्बरहरुले यो गीतको कभर डान्स प्रतियोगिताको समेत आयोजना गरेका छन् । कभर डान्स प्रतियोगिताका उत्कृष्ट तीन प्रतियोगी टीमलाई पुरस्कारको समेत ब्यवस्था गरिएको छ । कभर डान्स प्रतियोगितामा प्रथम हुनेलाई ७५ हजार, दोश्रो हुनेलाई ५० हजार र तेश्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिईने कार्टुन्ज क्रु का सरोज अधिकारीले बताए ।

२०७५ असार १ गतेसम्म पठाई सक्नु पर्ने भिडियोको बिजेता घोषणा असारको १७ गते हुनेछ । भिडियो बनाउनेहरुले आफ्नो भिडियो बनाएर [email protected] मा पठाउनुपर्ने सरोज बताउँछन् । साथै भिडियोको बारेमा केहि बुझ्नको लागि ९८१८१७८९४२ र ९८१८९९२७५४मा सम्पर्क गर्न सकिनेछ । कार्टुन्ज क्रुसँगको पहिलो गीत सार्वजनिक गरेसँगै गायक तथा संगीतकार बुढाथोकीले दोश्रो पार्ट आउने उद्घोष गरे ।

प्रतिक्रिया