बुद्ध लामाका फ्यानहरूलाइ दुखद खबर ! बुद्धले नाम त कमाए तर दाम कमाएनन् ! अहिलेसम्म भाडाकाे घरमा बस्दै छन् उपहारकाे कार पनि पाएनन्
इनेप्लिज
२०७४ चैत २२ गते २:२३ मा प्रकाशित
नेपाल आइडलको सेकेन्ड सिजन सुरु हुँदै गर्दा पहिलो सिजनका विजेता बुद्ध लामाले आफ्नो असन्तुष्टी बाहिर ल्याएका छन् । उनले नेपाल आइडल बनेर नाम कमाए पनि दाम कमाउन नसकेको गुनासो गरे ।
‘यत्रो देश घुमिसकेँ, कत्ति न पैसा कमायो भनेर मानिसहरुले सोच्दा हुन्,’ उनले भने, ‘तर, मेरो गोजीमा एक रुपैयाँ परेको छैन ।’नेपाल आइडलका टप थ्रिले अहिलेसम्म ६ वटा देशको भ्रमण गरेर दर्जनौं कन्सर्टहरु गरिसकेका छन् । तर, यी कन्सर्टहरुमा भाग गीत गाएवापत एक रुपैयाँ पनि आफूहरुले नपाउने बुद्धले बताए ।
खाने बस्ने खर्च भने टेलिभिजनले व्यहोर्ने गरेको छ ।
https://www.youtube.com/watch?time_continue=74&v=JLrP6yjZSCw
प्रतिक्रिया