एनआरएन टक:- “ईटाली बिशेष” भाग- ०२

इनेप्लिज २०७४ चैत २१ गते १:३४ मा प्रकाशित

एनआरएन टक:- “ पोल्याण्ड बिशेष” को पहिलो भाग अत्याधिक रुपमा मन पराईयो भने दोस्रो र तेस्रो भागको पनि रेकर्ड सकिएको छ। एनआरएन टकका प्रस्तोता बसन्त रानाभाटका अनुसार दोस्रो भागमा निकै कारुणिक यथार्थ भोगाइ छ। उनले भने,”हामीले यस भागमा नयाँ कुराको खुलासा गरेका छौ। घरेलु कामका लागि साईप्रस आएका नेपाली महिलाहरु बिचौलियालाई १० हजार युरो सम्म खर्च गरेर अबैध रुपमा स्थलमार्ग हुँदै ईटाली पुग्ने गरेको थाहा हुन आएको छ।

टर्की,बुल्गेरिया,सर्भिया,क्रोयसिया,स्लोभेनिया हुँदै ईटाली पुर्याउने,बोर्डर क्रस हुना साथ,बिचौलियाले नयाँ पेमेन्ट असुल्ने    ईटाली पुर्याएपछि पनि कोठामै थुन्ने र ,ट्ववाईट समेत जान नदिई परिबारबाट पैसा असुल्न टर्चर दिने गरेको एक चेलीको भोगाई प्रस्तुत गरेका छौ।”

(घरेलु काममा लागि साईप्रस आएकी युवतीले अबैध रुपमा साईप्रस देखि स्थल मार्ग हुँदै ईटाली प्रबेश गर्दा भोगेको अनुभव )

प्रतिक्रिया