मेरो श्रीमतीको आयु १० सेकेन्ड भएपनि बढोस भनेर ५ वर्ष देखी बर्त बसेको थिए तर दैबले देखेन(रिपोर्ट)

इनेप्लिज २०७४ चैत २१ गते १:१७ मा प्रकाशित

हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोधा सुवेदी श्रेष्ठको गएराती मृत्यु भएको छ ।सुवेदीको मंगलबार बिहान पशुपति आर्यघाटमा यशोधाको दाहसंस्कार गरिएको थियो ।

पत्नीको अन्तिम बिदाई भईरहँदा मदनकृष्ण असह्य देखीन्थे।शुभचिन्तक सामु आउँदा उनी भावविह्वल हुँदै रोईरहेका थिए उनलाई सम्हाल्ने प्रयासमा उनका सहयात्री हरीवंश आचार्य सँगै देखीन्थे । लामो समय देखि क्यान्सरले पिडित यशोधाको उपचारका क्रममा हरिसिद्धिस्थित क्यान्सर हस्पिटलमा गएराती ११ बजे निधन भएको हो ।मदनकृष्णका एक छोरा र एक छोरी छन् ।

यता मदनकृष्ण श्रेष्ठले सामाजिक संजालमा राखेको सन्देशले धेरैलाई भावुक बनाएको छ.मदनकृष्ण श्रेष्ठको स्व.यशोदालाई समर्पित मार्मिक सन्देश लेखेका छन् जसले उनको र श्रीमती स्व.यशोदा बीचको प्रेमलाई प्रस्ट पर्छ. शुभचिन्तक सामु आउँदा उनी भावविह्वल हुँदै रोईरहेका उनै मदनकृष्ण श्रीमतीको आयु बढ्ने विश्वासमा ५ वर्ष देखी बर्त बस्दै आएका थिए.

यस्तो पो प्रेम अनि यस्तो पो माया, पुरा भिडियोमा हेर्नुहोस मदनकृष्णले श्रीमती स्व.यशोदालाई गर्ने माया र जीवनमा भोग्नु परेको दुख.यसैले उनका नजिकका महिलाले भन्ने गर्थे श्रीमान होस् त मदनकृष्ण जस्तो

प्रतिक्रिया