टोरोन्टो, “बिस्व नेवाः दिबस”को उपलक्षमा क्यानेडियन नेवाः गुठी ले टोरोन्टोमा बिबिध कार्यक्रम सहित सो दिबस मनाएको छ । टोरोन्टोको स्कार्बोरो सिभिक सेन्टर को आकर्षक काउन्सिलर च्याम्बरमा आयोजित उक्त कार्यक्रमको उदघाटन गुठीका बयो बॄद्द महिला सदस्य अस्ट कुमारी ताम्राकारले गर्नु भएको थियो । नेवाः राष्ट्रिय गान बाट शुरु भएको सो कार्यक्रममा स्वागत मन्तब्य दिनु हुदै गुठीका अध्यक्ष प्रकाश प्रधानले “बिस्व नेवाः दिबस” को महत्व बारे प्रकाश पार्नु भयो ।
गुठीका महा सचिब बिमल श्रेष्ठले गुठीका बिबिध कार्यक्रम बारे प्रकाश पार्नु हुदै युबाहरुको सक्रियतामा हालै नब आगन्तुकहरुको लागि बिबिध सूचना मूलक कार्यक्रम संचालन गरेको र आगामी सेप्टेम्बरमा ब्राम्प्टन सिटीको सहयोगमा बॄहत” समे बजि” कार्यक्रम, लोक तथा चर्या नृत्य प्रशिक्षण, एबम टोरोन्टो बिस्व बिद्यालको “हो बुद्धिस्ट फाउन्डेसन” को सहयोगमा नेवाः परिकारहरुको प्रदर्शन, ब्याख्यान तथा पाक बिधि प्रदर्शन गरिने जानकारी दिनु भयो ।
नेवाः सभ्यता, संस्कार, संस्कॄति, पर्ब तथा अन्य नेवाः बिशेषता बारे बोल्नु हुदै गुठीका उपाध्यक्ष उत्तम माकजूले नेवाः संस्कॄति, परिकार , जात्रा ईत्यादि पर्यायबरण , बिज्ञान तथा दिगोपना सम्मत रहेको छ भन्नु भयो ।नेवाः बास्तुकला धेरै अगाडी नै उत्कृस्ट रहेको भन्नु हुदै गत सन २०१५ मा बिनासकारी भूकम्प हुदा पनि भक्तपुरको पाँच तल्ले मन्दिर केहि नभएको एउटा ज्वलन्त उदाहरण हो भन्नु भयो ।साथै परापूर्ब काल देखि नेवाः समुदाय ले बस्ति निर्माण गर्दा बस्तिको लागि मात्र नभै यात्रुहरुको लागि दॄस्टीगत गरि आबश्यक पर्ने धारा, ईनार, पोखरी, दबली, चौर, मन्दिर , चोक, सत्तल लागायतको ब्यबस्था गरेको हुन्छ भन्नु भयो ।उहाँले थप्नु भयो ” नेपालमा नेवाः समुदाय मात्र यस्तो आत्मनिर्भर समुदायहो जो जन्म देखि मृत्यु संस्कार सम्मको लागि आबश्यक जनशक्ति तथा बिशेषज्ञ आफ्नै समुदाय भित्रै रहेको छ ” ।
सोहि अबसरमा टोरोन्टो बिस्व बिद्यालयमा “नेवाः बौद्द धर्म” बिषयमा अध्यनरत बिद्यार्थि ईयान टर्नरले नेपाल भाषामा मन्तब्य दिनु हुन्दै नेवाः समुदाय आफ्नो संस्कॄतिमा धेरै धनि रहेको र जात्रा, परिकार, बास्तुकला बिज्ञान सम्मत रहेकोले आफुलाई असाध्यै मन परेको बताउनु भयो । गुथिले आफूलाई सह्योग गरेकोले आफुले पनि गुथिलाई सक्दो सहयोग गर्ने प्रतिबद्दता जनाउनु भयो ।उहाँले नेवाः भाषामा मन्तब्य दिनुहुन्दा सबैले तालि बजाएर स्वागत गर्नु भएको थियो । त्यसपछी मनोरन्जन तथा सूचना प्रदान गर्ने उद्देश्यले नेवा संस्कृति सम्बन्धि हाजीरि जवाफ कार्यक्रम संचालन गरिएको थियो जस्मा बिजेताहरुलाई नेवाः शैली को “पुटु म्हिचा” (सुर्के थैली) पुरस्कार प्रदान गरिएको थियो ।
अन्त्यमा बोल्नु हुन्दै गुथिका जन सम्पर्क प्रमुख नरेश ताम्राकारले नेवाः समुदाय सांस्कृतिक रुपमा मात्र सम्पन्न नभै प्राज्ञिक क्षेत्रमा पनि उत्तिकै सम्म्प्न्न रहेको र उदाहरण स्वरुप नेपाल भाषामा १२ वटा लिपि भएको र नेपालले संयुक्त राष्ट्र संघमा पहिलो पटक सदश्यताको लागि आबेदन गर्दा अस्विकॄत भै दोश्रो पटक नेपाल भाषाको रंजना लिपि, बौद्द ग्रन्थ एबम अन्य सान्दर्भिक सामाग्री पेश गरे पछी स्वीकॄत भएको स्मरण गराउनु भयो । साथै नेवाः समुदाय नेपालमा जनजाति समुहमा भएकोले क्यानडाका जनजातिले जस्तै नेपालमा आफ्नो अधिकारको लागि प्रयासरत हुनु पर्ने बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा राजेन्द्र महर्जनले लाखे नॄत्य प्रस्तुत गरेका थिए जसमा सुरेन्द्र श्रेष्ठ तथा समुहले धिमे तथा भुश्यामा साथ दिएका थिए । त्यस्तै गरि युबा सदश्यहरु, आयुश्ना श्रेष्ठ , रायना श्रेष्ठ , रोडेशा शाक्य, सर्बज्ञ श्रेष्ठ तथा अबिस श्रेस्थले सामुहिक नेवाः नृत्य, प्रस्तुत गरेका थिए भने उत्तम माकजू, बिमल श्रेष्ठ नरेश ताम्राकार, रिकेश श्रेस्थको समुहले “राजमति”गीत मादल, तिन्छु, चाँपको तालमा प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया