अल बिदा खुमबहादुर खड्का, गिरीजा देखी शेरबहादुर सम्मलाई थर्काउने पावरफूल नेता थिए खड्का (भिडियो)

इनेप्लिज २०७४ चैत १६ गते २२:०१ मा प्रकाशित
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो ।नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले उनको निधन भएको पुष्टि गरेका छन् । अनलाइनखबरसँग कुरा गर्दै शर्माले भने, ‘उहाँको पार्थिव शरीरलाई नेपाल ल्याउने भन्ने बारे पार्टी र परिवारबीच कुराकानी भइरहेको छ ।’ उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए ।मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलाई नयाँ दिल्ली लगिएको थियो । उनको स्वास्थ्य स्थितिप्रति गम्भीर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
को हुन् खड्का  ।
कांग्रेसका खुमबहादुर खड्का यतिबेला न सरकारमा थिए, न पार्टीको शक्तिशाली पदमा । तर उनको शक्ति र ओज भने उस्तै थियो । उनका पछिल्तिर ठूलो मानिस छन् भन्ने कुरा सबैब्ले बुझेका थिए । उनी काँग्रैसका शक्तिशाली नेता मद्यका एक थिए । उनलाई केही भयो भने उनका समर्थकले प्रदर्शन गर्ने डरले दिनभर सिंहदरबार आसपासमा सुरक्षा व्यवस्था कडा पारिन्थ्यो । ठाउँठाउँमा उनका समर्थकले प्रदर्शन गर्थे । पटकपटक गृहमन्त्री हुँदा उनले थुप्रै कार्यकर्ता र आसेपासेलाई सेना, प्रहरी लगायत शक्तिशाली ठाउँमा पुर्याएका थिए उनले । त्यसैले पनि उनको पछि ठूलो समूह थियो ।
दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य भए । २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री भए । धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा उनले नै अरुलाई उछिनेका छन् । मन्त्री हुँदा उनले लरोतरो मन्त्रालय रोजेनन् । सिधै गृह र अरु मालामाल हुने मन्त्रालय सम्हाले । २०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिको हरेक सरकारमा उनको हालिमुहाली थियो । पावरफूल मन्त्री भएकाले उनलाई कसैले छुन सकेन । उनको पछिल्तिर कांग्रेस कार्यकर्ताको एउटा ठूलो झुण्ड नै छ ।पद र लाभको लागि जे पनि गर्न तयार हुने नेताको रुपमा खड्कालाई चिनिन्छ । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पनि यिनी मन्त्री भए, शेरबहादुर देउवा भएको बेला पनि । यिनी कहिले यो समूहमा जान्छन् । फाईदा हुने बित्तिकै कित्ता परिवर्तन गर्छन् । कांग्रेस पार्टी विभाजन हुँदा पहिले उनी देउवा खेमामा थिए, पछि फेरि संस्थापन पक्षमै फर्किए । २०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नुअघिसम्म उनलाई सबैले मान्थे पनि । शक्तिशालीसँगै लोकप्रिय पनि थिए । तर जब उनले भ्रष्टाचारको मुद्दा खेपे, त्यसपछि यिनको लोकप्रियता घट्यो । उनको नून नखाएकाले नाम सुन्न पनि चाहेनन् । कांग्रेसले आयोजना गर्ने कार्यक्रममा उनको भूमिका कम हुन थाल्यो । तर उनी लाज पचाएरै सार्वजनिक कार्यक्रममा पुग्थे । पार्टीले भूमिका नदिएपनि अगाडि सर्न खोज्थे । जनआन्दोलनको बेला आफ्ना आसेपासेलाई अघिपछि लगाएर उनी आप्mनै ढंगले जुलुस लिएर रत्नपार्क र सुन्धारा फन्का मार्थे । थप भिडियोबाट हेर्नुहोस्

प्रतिक्रिया