छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु !! कस्तो निर्दहि बाबु आमा ?

इनेप्लिज २०७४ चैत १६ गते ११:०२ मा प्रकाशित

छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा–बाबुलाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उन की कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्राउ गरेको हो।

सत्यनारायणकी जेठी पत्नी स्वर्गीय मन्जु देवीको कोखबाट जन्मिएकी १६ वर्षीया नेहा कुमारी वर्णवालको बुबा सत्यनारायण र उनकी कान्छी पत्नी गीताले गत फागुन १३ गते हत्या गरी प्रहरी र छरछिमेकलाई पनि जानकारी नदिई इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर एक डोमलाई ६ हजार रुपैयाँ दिएर जलाउन लगाएका थिए।

प्रतिक्रिया