क्यानेडियन नेवाः गुथिको “ब्रीजीङ नेपलीज युथ विथ न्यु कमर नेपलीज ईमिग्रान्टस” को समापन कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ चैत १४ गते २१:१८ मा प्रकाशित

मिसीसागा (क्यानडा), क्यानेडियन नेवाः गुथि को युबा समुह द्वारा नब आगन्तुकहरुको लागि गरिएको सेवा तथा सूचना प्रबाह सम्बन्धि परियोजनाको हालै समापन कार्यक्रम सम्पन्न गरेको छ । पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उदघाटन गर्नु हुन्दै अबैतनिक नेपाली महा बाणिज्यदूत डा. कुन्जर शर्मा ले संस्कॄति प्रबर्द्दन तथा संरक्षणमा क्यानेडियन नेवा गुथिले महत्वपूर्ण भूमिका खेल्दै आएको छ भन्नु भयो ” गुथिका कृयाकलापहरु नेपाली समुदायमा मात्र सिमित नभै क्यानडाका मूलधार मा पनि प्रचार भै रहेको छ” उहाँले थप्नु भयो ।

बिशेष अतिथि प्रान्तिय सभाका सांसद माननिय भिक ढिल्लोनले बिबिध संस्कॄतिको महत्व बारे प्रकाश पार्नु हुन्दै यस्ले क्यानडाको ” बिबिधतामा एकता’ भन्ने नारालाइ चरितार्थ गर्छ भन्नु भयो। नेपाली समुदायिक संस्था मध्य बाट गुथिले नब आगन्तुक हरुको लागि सेवा सम्बन्धि कार्यक्रम गरेकोमा खुसि ब्यक्त गर्नु हुन्दै समुदाय को लाभ हुने कार्यमा आफ्नो सहयोग सधै हुने बताउनु भयो। त्यस पछी गुथिका महासचिब बिमल श्रेस्थले गुथिको परिचय, कृयाकलाप तथा आगामि कार्यक्रम बारे प्रकाश पर्नु भयो ।

सो परियोजनाका संयोजक नबिन श्रेस्थ तथा परियोजना संचालन समितिका सदश्य डा. रिन्जन श्रेस्थले अतिथिहरुलाई परियोजना को शुरुवात, युबाहरुको सहभागिता प्रक्रिया, बिषय छनौट, संचालन बिधि , कार्यान्वयन, प्रतिफल, समिक्षा, चुनौति ईत्यादी बारे पावर प्वाईन्ट माध्यम बाट जानकारि गराउनु भएको थियो ।युबा स्वयम सेबकहरुको तर्फ बाट करिना श्रेस्थले परियोजनामा सहभागी भए पछी आफूमा निकै नै आत्मबिस्वास बढेको आफ्नो अनुभब बताउनु हुन्दै यस्तो कार्यक्रमहरु युबाहरुको दक्षता बिकासको लागि आबश्यक भएको बताउनु भयो भने सहभागि नब आगन्तुक हरुको तर्फ बाट दिनेश सिंह मल्लले यो कार्यक्रम बाट आफु धेरै लाभान्वित भएको बताउनु भयो ।

परियोजनाका सल्लहकार तथा ब्रोक बिस्वबिद्यालयका प्रा. डा. टम ओ नीलले यो कार्यक्रम बाट युबाहरुको सामुदायिक शीप बॄदी हुनुको साथै नब आगन्तुकहरुको लागि पनि लाभदायि हुने बिस्वास ब्यक्त गर्नु भयो । परियोजनाको श्रोत ब्यक्तिहरुको तर्फ बाट सेन्टेनियल कलेजका प्रा. डा. तुल्सि धरेलले समुदायको बिकासको लागि सबैको सहभागिता आबश्यक भएको बताउनु हुन्दै गुथिको कार्यक्रम हरुको प्रसंशा गर्नु भयो ।

नेपलीज क्यानेडियन हेरिटेज सेन्टरका अध्यक्ष डा. हरि गुरुङ्ले समुदाय लाई प्रत्यक्ष लाभ हुने कार्यक्रममा गुथिले अगुवा भूमिका खेलिरहेको बताउनु भयो भने अर्का बक्ता एन आर एन क्यानडा का पूर्ब अध्यक्ष अनिल थापाले गुथिको यो कार्यक्रम प्रसंशनिय भएको बताउनु भयो ।

कार्यक्रमको शुरुमा युबा समुह लगायतका ले धिमे , मादल, तथा तिन्छुको तालमा क्यानेडेली तथा नेपाली राष्ट्रियगान प्रस्तुत गरेका थिए । त्यस पछी गुथिका अध्यक्ष प्रकाश प्रधान ले अतिथिहरुलाई स्वागत गर्नु भयो भने कार्यक्रमको अन्त्यमा गुथिका उपाध्यक्ष उत्तम माकजूले सम्पुर्ण महानुभाब हरुलाइ धन्यबाद ब्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाली सांगीतिक समुह “हिमालयन भाईब्स”का प्रदीप बान्स्कोटा, सुरज शर्म, रिकेश श्रेस्थ, उत्तम माकजूको समुह ले राजमति तथा अन्य नेपाली लोक धून पस्केका थिए भने युबा हरु आयुश्ना श्रेस्थ, रोडेशा शाक्य, रायना श्रेस्थ, जोभना श्रेस्थ, सर्बज्ञ श्रेस्थ, आर्यब बज्राचार्य, साजन थकाली, अभिस श्रेस्थ लगायतकाले नेपालको बिबिधता झल्किने “सय थरि बाजा एउटै ताल” को धूनमा र रोडेशा शाक्यले “मलाई दुइ चुल्ठो बाधेँर” बोलको राष्ट्रिय भाबनाको लोक गीतमा नॄत्य पस्केका थिए ।

ओन्टारियो प्रान्तको नागरिकता तथा अध्यागमन मन्त्रालयको ८०% र गुथिको २०% आर्थिक सहयोगमा ५ महिने सो कार्यक्रम गत नोभेम्बर २०१७ देखि संचालन गरिएको र मार्च २०१८ मा समापन भएको सो कार्यक्रममा नेपाली समुदायका चौबिस जना युबाले सहभागिता जनाएका थिए भने सोहि समुहले नब आगन्तुकहरुको लागि उपयुक्त हुने स्वास्थ्य, शिक्षा, बाल हेरचाह, रोजगारी, महिला सशक्तिकरण,आर्थिक साक्षरता, सेटलमेन्ट लागायतका बिषयमा अन्तर्क्रियात्मक सत्रहरु संचालन गरिएको थियो।

प्रतिक्रिया