मस्यौदा समितिको सभापतिमा मेघी गुरुङ

इनेप्लिज २०७४ चैत १३ गते १५:५२ मा प्रकाशित

काठमाडौँ, १३ चैत । राष्ट्रियसभा नियमावली मस्यौदा समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ चयन हुनुभएको छ ।

नियमावली मस्यौदा समितिको मंगलबार बसेको बैठकले गुरुङलाई सभापति चयन गरेको हो । उहाँ नेकपा (एमाले)बाट राष्ट्रियसभा सदस्य हुनुहुन्छ ।

नौ सदस्यीय उक्त समितिले बैठक सञ्चालन मापदण्डसमेत पारित गरेको छ । समितिको अर्को बैठक बुधबार दिउँसो बस्नेछ । रासस

प्रतिक्रिया