यस्तो पो भाले-भाले भिडन्त, खुमनले सम्झनालाई ताके पछी चोलेन्द्रले भाझो हाले अनि जम्यो खतरा दोहोरी भिडन्त

इनेप्लिज २०७४ चैत १२ गते १०:५५ मा प्रकाशित
तनहुँ क्षेत्रको सास्कृतिक बिबिधताको संरक्षण गरी आर्थिक तथा सामाजिक बिकासको लागि उधोग ,ब्यापार कृषि शिक्षा पर्यटन र खेलकुद क्षेत्रलाई प्रवद्र्धनमा टेवा पुर्‍याउनुका साथमा बिभिन्न जातजाती धर्म बर्ग र समुदायको सद्भाब एबम बन्धुत्व भावनाका साथै मानबताको सेवामा समर्पित गराउन अभिप्रेरित गरी क्षेत्र , जिल्लाको सम्मुन्नतीमा संगठीत रुपले अघी बढाउने मुल उदेस्यको साथ यही मिति २०७४ साल चैत ८ गते देखि दसौ खैरेनीटार महोत्सब चलीरहेको छ.
महोत्सब अबधीभर २ लाख् दर्सक तथा पर्यटक भित्राउने  उदेस्य  रहेको र   पाँच करोड बराबरको आर्थिक कारोवार गरिने अपेक्षा रहेको महोत्सवका आर्थिक निर्देशक समुन्द्रराम श्रेष्ठले  वताए । चर्चित लोक तथा दोहोरी गायकहरु पशुपति शर्मा, बद्रि पंगेनी, रामजी खाँड, खुमन अधिकारी, राजन गुरुङ, बिष्णु खत्री, कृष्ण रेउले, शिव हमाल, प्रकाश सपुत, राजु ढकाल, तेजस रेग्मी, चन्द्र शर्मा, कृष्ण काफ्ले, प्रिती आले, सम्झना भण्डारी, सरिता कार्की, राधिका हमाल, कृष्ण गुरुङ्ग, कला लम्साल, रमीला न्योपाने, देवी घर्ती, भूमिका गिरी, शान्ति सुनार, सलिमा श्रेष्ठ र हास्य कलाकार शिवहरी बैरागी, देवीराम(भोकलाग्यो), मनिष घिमिरे, सुस्मीता परियार, पोख्रेली धुर्मुस र माग्ने बुढा लगायतको प्रस्तुती रहने महोत्सवका कलाकार संयोजक सुबास श्रेष्ठले जानकारी दिए ।
यसैकममा आइतबार चर्चित गायिका सम्झना भण्डारी,खुमन अधिकारी र चोलेन्द्र पौडेलको दोहोरीले दर्शकको रोजाईमा परेको थियो.दोहोरीमा खुमन अधिकारीले सम्झाना भण्डारीलाई ताकेपछी चोलेन्द्र पौडेलले दोहोरी मार्फत खुमनलाई खेदो खानेका थिए.यसैबीचमा आइपुगिन अर्की गायिका ज्योति लोहानी अनि झनै जम्यो दोहोरी घम्साघम्सी

प्रतिक्रिया