१७ वर्ष बिना सम्पर्क साउदीको मरुभूमिमा बिताएका टेक बहादुरको मुटु छेड्ने कथा (यस्तो सुन्दा नरुने कोहि छैन झन् आफैले भोग्दा कस्तो भयो होला)

इनेप्लिज २०७४ चैत ११ गते १३:०९ मा प्रकाशित
संगै मर्ने अनि संगै बाँच्ने कसम खाएर प्रेम बिबहा गरेका टेक बहादुर आफ्नी श्रीमती र सन्तानको सुख र खुसीको लागि केहि वर्ष विदेश गएर कमाएर ल्याउछु अनि संगै भएर जिवन विताउने सोच बनाएर साउदी गए तर उनले सोचे जस्तो भएन ।
न कुनै सम्पर्क न कुनै खबर १७ वर्ष सम्म पनि उनको अत्तो पत्तो भएन । सोच्नुहोस त तपाई आफ्नो घरमा प्राणप्यारीलाई एकैछीन् छोडेर कतै जानुभयो भने कस्तो आत्तीनुहुन्छ । एकै छिन आफ्नो परिवारसंग हुन पाईएन भने कति आत्तीन्छौँ हामी तर त्यस्ता धेरै वर्ष टेकबहादुरले साउदीको मरुभुमीमा बिताएका छन् ।
टेकबहादर कति रातहरु निदाएनन् कति रातमा घर परिवारलाई सम्झदै सपनाबाट झस्कीए तर चाहेर पनि घर आउन सकेनन् । त्यो पनि एक वर्ष २ वर्ष होईन पुरै १७ वर्ष । १२ वर्ष पछि खोलो फर्कन्छ भनेझै एक दिन आयो गत फागुन १७ गते । १७ वर्ष पछि उनि नेपाल फर्किए ।
१७ वर्षसम्म विना सम्पर्क मरुभुमीमा बस्दा कस्तो भयो होला ? कति रोए होलान् बिचरा टेकबहादुर । हेर्नुहोस यो भिडियो रिपोर्ट ।

https://www.youtube.com/watch?time_continue=1&v=lBMj4-A-904

प्रतिक्रिया