डाक्टर बनेर फर्किदै गरेकी छोरी बिमान दुर्घटनामा गुमाएका परिवार यस्तो भावबिहिल अवस्थामा; यो भिडियो हेर्ने जतिको आँशु थामिएन

इनेप्लिज २०७४ चैत १० गते ११:२९ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : हालैमात्र भएको यूएस बंगलाको विमान दुर्घटनामा ४९ जानाको मृत्यु भएको थियो। सो विमानमा १३ जना एमबीबीएसका विद्यार्थी अन्तिम वर्षको परीक्षा दिएर रिजल्ट आउनुअघि दुई महिनाको घर विदामा नेपाल आउँने क्रममा दुई जाना मात्रै बाँच्न सफल भएका थिए भने ११ जनाको मृत्यु भएको थियो जसमध्ये एक थिइन् सरुना श्रेष्ट।

पिएनपिखबरको टिम सरुना श्रेष्ठको परिवारको अबस्था बुझ्न उनको घरमा पुगेको थियो। यति बेला सरुना श्रेष्ठको परिवार शोकमा डुबेका छन्। परिवारका सदस्यहरुको आँखामा आफ्नो छोरी गुमाउनुको पिडा प्रष्ट देखिन्थ्यो।

उनका बाबु भन्छन, ‘यो हाम्रोलागि एउटा संबेदनशील घडी हो। घटना घटेको आज आठौ दिन भयो। आफन्तको सहयोग र हौसलाका कारण आफुलाई समालिरहेको छौ। ‘

सरुनाको अन्तिम कुराकानी उनको आमासित भएको थियो उनले अब म आउंदै छु , सबैको मुख हेर्न हतार भइसक्यो हजुरको काखमा ३ बर्षसम्म बसेर रमाउँछु ममी भनेको कुरा उनको आमाले भावुक हुँदै बताईन् ।

‘उनी नौ महिना पछि फर्किन लागेकी थिईन। सानै देखि डाक्टर बन्ने सपना थियो सरुनाको डाक्टर बन्ने सपना त पुरा भयो तर धेरै पैसा कमाएर जनताको सेवा गर्ने र विकट ठाउँमा गएर पिछडिएको व्यक्तिहरुलाई सहयोग गर्ने सपना भने अब पुरा हुन् सकेन ।’

अन्तरराष्ट्रिय विमानस्थल भईसकेपछि १०० जना बोकेको एउटा प्लेनको आगो पनि निभाउन सक्ने क्षमता पनि छैन, दुर्घटना भएको १५ मिनेटसम्म पनि दमकल आएको थिएन। यदी १५ मिनेट पछिसम्म पनि आएको भए धेरै बाच्ने थिए। यो राज्यको बेवास्ता, सहि व्यबस्थापन, र जोखिमपूर्ण  पुर्व तयारीको कमी भएको परिवारका सदस्यहरुको गुनासो छ।

बाँकी हेर्नुस भिडियोमा:

प्रतिक्रिया