गायक धुर्ब बिस्को को चर्चित गित “आई एम अ प्ले ब्वाई”को लिरिक्स भिडियो सार्बजानिक

इनेप्लिज २०७४ चैत ७ गते १३:१२ मा प्रकाशित

काठमाडौँ : पछिल्लो समय एक पछि अर्को चर्चित गित गाएर चर्चा कमाउन सफल गायक धुर्ब बिस्कोले काग दाज्जैको अपार सफलता पछि अर्को चर्चित गित “आई एम अ प्ले ब्वाई”को लिरिक्स भिडियो सार्बजानिक गरेका छन l दर्शक श्रोताहरुले अत्याधिक मन पराएको बहु प्रतिक्षित गित “आई एम अ प्ले ब्वाई” अहिले मेला महोत्सब देखि हरेक कार्यक्रममा समेत लोकप्रिय भएको गित हो l गीतकार मन श्रेष्ठको शब्द रहेको यस गीतमा गायक धुर्ब बिस्को आफ्नै कम्पोज रहेको छ l


दर्जनौं हिट गितहरु नेपाली सांगीतिक क्षेत्रमा दिन सफल गायक धुर्ब बिस्को को आवाज रहेको यस गीत नेपाली सांगीतिक क्षेत्रमा उत्कृष्ट गीतहरु मध्ये पर्ने संगीतबिज्ञहरु बताउँछन् l आधुनिक गीत देखि चलचित्र पार्श्वगायन सम्म चर्चित तथा हिट गितहरु दिएर अमिट छाप छोड्न सफल गायक धुर्ब बिस्को यस गित “आई एम अ प्ले ब्वाई” ले नेपाली सांगीतिक क्षेत्रमा छुट्टै छाप छोड्न सक्नेमा बिस्वस्त छन l गितको युट्युब भिडियो सुन्नुहोस :

प्रतिक्रिया