आइतबार, कार्तिक १६ २०७७
काठमाडौं ०६:४०
वासिङटन डिसी 20:55

मेरो कमजोर शरीरलाई जुरुक्क उचालेर चितामाथि राखे

इनेप्लिज २०७४ चैत ६ गते १०:३४ मा प्रकाशित
स्थान : पशुपतिको आर्यघाट
समय : साँझ ५ बजेतिर
‘दाइ, म त्यहाँ चिताको छेउमा उभिन्छु, मेरो फोटो खिच्दिनु न है ।’ म पुग्नेबित्तिकै आकासे रङको हाफसर्ट लगाएको एउटा केटोले मोबाइल निकाल्दै भन्यो ।
म उसको फोटो खिच्दिनुप-यो भनेर यसो हात तन्काउन खोज्दै थिएँ, अर्को मान्छेले नै मोबाइल लिएर उसको फोटो खिच्दियो । खिचिक्क, ‘यो मेरो हजुरबाको लास हो क्या, भरे इन्स्टाग्राममा ‘रेस्ट इन पिस बुबा’ लेखेर फोटो हाल्नुप-यो नि ।’
आकासे रङको हाफसर्टवाला केटोले फोटो खिच्दिने मान्छेलाई फोटो खिच्नुको स्पष्टीकरण दियो अनि उसको हातबाट मोबाइल लिएर एंगल–एंगल मिलाएर लाससँग सेल्फी खिच्न थाल्यो । ओर्तिरपर्तिरका मलामीले उसलाई हेरिरहे तर केही भनेनन् ।
मैले पनि केही बोलिनँ । हल्का साँझ पर्न आँटेकाले उसले फ्ल्यास बालेर लासको फोटो खिच्न थाल्यो । त्यो उज्यालोले लासको आँखामा केही असर ग-यो कि गरेन होला ? एकछिन सोचेँ । साँच्ची, लासको आँखाले केही देख्छ कि देख्दैन होला ?

प्रतिक्रिया