‘कण्डम फुटेपछि’ कविताका सर्जक उत्तम लिम्बू भन्छन कण्डम भन्ने शब्द आफैमा अश्लिल हैन [हेर्नुहोस् भिडियो]

इनेप्लिज २०७४ चैत ४ गते ११:१० मा प्रकाशित

पिएनपिखबर। युवा कवि उत्तम लिम्बु धनकुटा स्थित कुरौलेमा जन्मेका हुन्। लिम्बुको अनेसास दक्षिण कोरियाले आयोजना गरेको विश्वव्यापी कविता प्रतियोगीतमा उनको कविता युगका स्वरहरु प्रथम भएको थियो ।

उनको एकल कविता वाचन हुने भएको छ । स्वच्छन्द विधामा दख्खल राख्ने कवि लिम्बुको कण्डम फुटेपछि, युगका स्वरहरु, लजावती फुल, ग्लोबमा हराएको देश र बुद्ध लगायतका दर्जनौँ कविताहरु चर्चामा रहेको छ ।

उनले यहि चैत्र ११ गते काठमाडौं स्थित रक हाउस क्याफे रातो पुलमा कविता वाचन गर्ने भएका हुन् । गोल्डेन टिभिको आयोजनमा र रक हाउस क्याफेको सह आयोजनामा गोल्डेन कविता कन्सर्ट २०१८ हुने भएको हो ।

करिव दशकौं अघिदेखि सिर्जनामा तल्लिन् कवि लिम्बुले तिन सय बढी सिर्जनहरु लेखिका सकेका छन् ।

लगायत दर्जनौ बढी पुरुस्कारहरुबाट सम्मानित भईसकेका युवा कवि अहिले धनकुटाबाट काठमाडौंमा आएर नेपाली साहित्यमा आमुल परिवर्तन गर्ने उदेश्यले कलम चलाईरहेका छन् ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया