गम्भीर अपमान, नेपालीलाई २० लाख क्षतिपूर्ति बंगलादेशी नागरिकलाई १ करोड पचास लाख(रिपोर्ट)

इनेप्लिज २०७४ चैत २ गते २३:४९ मा प्रकाशित
यूएस बंग्ला एयरलाइन्सको जहाज काठमाण्डौस्थित त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा मृत्यु हुने नेपाली र बंगलादेशी नागरिकका परिवारले पाउने क्षतिपूर्तिमा निकै ठूलो भिन्नता देखिएको छ ।
जहाज दुर्घटनामा मृत्यु भएका नेपालीका परिवारले २० लाख(२० हजार डलर)को दरले क्षतिपूर्ति पाउने छन् भने बंगलादेशी नागरिकले भने डेढ करोड रुपैयाँ(१ लख ५० हजार डलर)को दरले क्षतिपूर्ति पाउनेछन् । विभेदकारी क्षतिपूर्तिको बिषयमा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले स्ट्याटस लेख्दै भनेका छन्–‘जहाज बाङ्लादेशको हो, अनि टिकटको मूल्य पनि दुबै देशका यात्रुसँग बराबरी लिइएको हो । आफ्ना नागरिकको दुःखद मरणलाई कुकुर मराइमा परिणत हुन नदिइयोस् सरकार!
जहाज दुर्घटनामा मारिएका उसका नागरिकले नेपालीको तुलनामा झण्डै ६ गुणा बढी क्षतिपूर्ति पाउने अवस्था देखिएको हो । भिडियोमा हेर्नुहोस यसकारण नेपाली मृतकका परिवारले पाउदै छन् यति थोरै क्षतिपूर्ति

https://www.youtube.com/watch?v=QrYaUSepZbw

प्रतिक्रिया