पल र आचलको स्टेजबाटै सेल्फी शो, फ्यानको चित्त यसरि बुझाए (भिडियो सहित)

इनेप्लिज २०७४ चैत १ गते १०:५३ मा प्रकाशित
ईटहरी/ आफ्नो प्रचारप्रसार लाई व्यापक बनाउदै साङितिक कार्यक्रम सहित देश दौडाहामा निस्केको ‘सत्रुगते’ टीमले सुनसरीको ईटहरीमा आएर सो यात्राको बिट मारेको छ । टीममा हरि बंश आचार्य, दीपा श्री निरौला, किरण केसि, शिबहरी पौडेल, जुनु रिजाल, पल शाह, आचल शर्मा लगायत समाबेश थिए । ईटहरीम मुख्य आकर्षणको केन्द्र बन्यो पल र आचलको जोडि । हेर्नुस् यो रमाईलो भिडियोमा ।
म्युजिक भिडियो देखि लिएर फिल्ममा समेत संगै देखिएका पल र आचललाई आफ्नै अगाडि पनि संगै देख्न पाउँदा आम दर्शकहरू मक्खै थिए । आफ्नो मोबाईलमा पल र आचल संगै सेल्फी खिच्न आतुर दर्शकहरू कार्यक्रमको अन्त्यमा स्टेजबाट ओर्लिन निकै बेर लाग्यो । दुबै जना स्टेजबाटै दर्शकको मोबाईल लिएर आफैले सेल्फी खिचिरहेका थिए । स्टेजबाट ओर्लि सकेपछि गन्तव्य सम्म पुर्याउनलाई सुरक्षाकर्मिले निकै समस्या झेल्नु पर्यो । फिल्म सत्रु गते यहि चैत ९ गतेबाट प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया