बिमान कम्पनीले सह-चालिकाको जम्मामा बिमान पठाएको खुलसा, पाइलटले राजीनामा दिइसकेको दाबी(भिडियो सहित)

इनेप्लिज २०७४ फागुन ३० गते २३:२४ मा प्रकाशित
 
त्रिभुवन विमानस्थलमा सोमबार दुर्घटनाग्रस्त बनेको युएस बंगला विमानका पाइलट अबिद सुल्तानले नेपालमा उडान भर्नअघि राजीनामा दिएको समाचार बंगादेशको एक अनलाइनले प्रकाशित गरेको छ ।  प्रोथोमालो डटकमको अंग्रेजी संस्करणमा छापिएको उक्त समाचारमा सुल्तानका साथीहरुलाई उद्द्धृत गर्दै सो समाचार प्रकाशित गरेको हो ।
‘नेपालमा उडान भर्न अघि इमेलबाट सुल्तानले युएस बंगलाका अधिकारीहरुलाई राजीनामा पत्र बुझाएका थिए,’ साथीहरुलाई उद्धृत गर्दै समाचारमा भनिएको छ । उनको साथीका अनुसार विमान कम्पनीले भने उनको राजीनामा स्वीकृत गरेन । पाइलट अबिद सुल्तान र को पाइलट प्रिथुला रसिद दुर्घटनामा मारिएका ५१ जनामध्येका रहेका छन् ।
यता, युएस बंगलाका पब्लिक रिलेसन सेक्सनका प्रबन्ध निर्देशक कामरुल इस्लामले भने पाइलटले राजीनामा पत्र पठाएको बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका छन् । ‘ यद्यपि, पाइलटले प्लेन उडाउँदिन भने भन्न पाउँछ,’ कामरुलले भने ।
सुल्तानका साथीहरुका अनुसार युएस बंगला एयरलाइन्सका एक उच्च अधिकारीले दुई महिनाअघि कम्पनी छाडेर इथोपिएयन एयरलाइनसमा काम शुरु गरेका थिए । सुल्तानसँग नजिक रहेका उनले सुल्तानलाई त्यही एयरलाइन्समा जागिर मिलाएका थिए । हेर्नुहोस सुल्तानले राजीनामा दिएपछी सह पाइलटले उडाएकी थिइन बिमान l के दुर्घटनामा ज्यान गुमाएका भनिएका पाइलट सुल्तान जीवितनै छन् त हेर्नुहोस वास्तविकता

प्रतिक्रिया