सङ्गीत प्रेमीहरुलाई नमस्ते ब्याण्ड को निमन्त्रणा

इनेप्लिज २०७४ फागुन ३० गते २२:२० मा प्रकाशित

श्री ……………….. अपिल
आदरणिय सङ्गीत प्रेमी दाजुभाई तथा दिदी बहिनीहरु
विषयः हार्दिक निमन्त्रणा तथा उपस्थिती भई सहयोग गरीदिनुहुने बारे ।

नेपाल राष्ट्र« (हिमालय)को चिनारी, नेपाली पहिचान तथा नेपाली सङ्गीत, कला, साहित्य, भाषा र संस्कृतीको सम्बर्धन तथा प्रबर्धन साथै पर्यटन प्रबर्धन गर्ने उद्देश्यले विगत २९ वर्ष अगाडी नेपाली तथा जापानीज समुदायका सदस्यहरु मिलेर (नेपाल र जापानमा)स्थापना भएको हाम्रो यस साङ्गीतिक टोली (नमस्ते ब्याण्ड) यही (२०७५ साल) वर्ष देखि ३० औं वर्षमा प्रवेश गरेको यहाँहरुलाई सर्हष जानकारी गराउन चाहन्छु ।

विगत ३० बर्षमा नमस्ते व्याण्डले नेपालमा मात्रै नभएर विश्वमा नै एक अमिट छाप छोड्न सफल रहेको छ । जापानबाट नै नेपालको पहिलो पटक गीति सिडी एल्वम (एकता) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा (जापानबाट)उत्पादन तथा विक्रि वितरण गरी नेपालको पहिलो व्याण्डको रुपमा परिचित भई थुप्रै प्रकारका साङ्गीतिक कोसेलीहरु प्रस्तुत गरिसकेको, संसारभर छरिएर रहेका गीत–सङ्गीत प्रेमीहरुको मन जित्न सफल भएको,सामाजिक संघ संस्थाहरुको सहयोगार्थ निशुल्क सेवा(ब्याण्डको शो) प्रदान गर्दै आएको, नेपाल राज्यमै पहिलो पटक खुल्ला आकाश मैदानमा लाईभ कन्सर्टको सुरुवात गरेको, साङ्गीतिक दौरानको समयमा थुप्रै आरोह अवरोहरुलाई सफल रुपमा पार गर्दै विभिन्न इतिहासहरु (भिजिट नेपाल ९८ को अवसरमा बिश्वको अग्लो स्थानमा बल्र्ड हाईयेस्ट पिस कन्सर्ट गरेर गिनीज वल्र्ड नोमिनेशन) नै रच्न ब्याण्ड सफल भएको, लगत्तै पर्यटन वर्ष १९९८ को अवसरमा नेपालमा नै पहिलो पटक ३० दिनमा २९ प्रमुख शहरहरुमा मेची–महाकाली सङ्गीत यात्रा (सन्देश) सु–सम्पन्न गरेको, पुरस्कारहरुमा रेडीयो नेपाल, राष्ट्रिय पुस्तकालय र साधना कला केन्द्रको संयुक्त आयोजनामा हुने राष्ट्रिय गीत प्रतियोगिता २०५२ मा अब एक हुनुपर्छ.. भन्ने बोलको गीतले सर्बोत्कृष्ट सङ्गीत पुरस्कार, २०५६ मा शान्ति बोल गीतले गायन, रचना र सङ्गीत गरी तीन वटै विधामा प्रथम पुरस्कार पाएको,नेपालमा बिद्यालय तहको स्वास्थ्य तथा शारिरीक शिक्षा अन्र्तरगत अतिरीक्त क्रियाकलापको पाठ्यक्रममा नमस्ते ब्यायाम स्थापना गरेकोे, नेपाली सङ्गीतको विकासको साथै यसलाई सम्बर्धन र प्रवर्धन साथै कल्चरल एक्सचेन्ज गर्न एकै थलोमा विभिन्न बिधाका थुप्रै साङ्गीतिक समुहरु (स्वदेशी–विदेशी) लाई जमघट गराई महाशिवरात्री विश्व सङ्गीत महोत्सव लगातार रुपमा सम्पन्न गर्दै आएको र १०औं महाशिवरात्री विश्व सङ्गीत महोत्सव कै दिन १७ वर्ष देखि पाल्दै आएको मेरो लामो जट्टधारी कपाल काटी शान्तिको लागि त्याग गरेको कुरा यहाँहरु तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संञ्चार माध्यमहरुलाई सर्वविदितै छ । साथै नेपाली सङ्गीतको ईतिहासमा पहिलो पटक विभिन्न अन्र्तराष्ट्रिय टिभी च्यानलहरुले एन.एच.के., के.बि.सी, योङ्ग एसिया टेलिभिजन, द्धारा डकुमेन्ट्री छायांकन गरेको र बिबिसी, सिएनएन, आजतक र नेशनल टेलिभिजनहरुले न्यूज बनाएको÷प्रसारण गरेको, किताबहरु प्रकाशन भएका, मेरो यही कार्यको तत्कालीन राज्य ब्यबस्था बाट उच्च प्रशंसा गर्दै बीरेन्द्र भाषकर र गोरखा दक्षिणबाहु बाट सम्मानित भएको, देशमा लामो सशस्त्र द्धन्दको कारणबाट नेपाली आर्थिक, कला, संगित क्षेत्र पनि तहस नहस भएको कारण मैले १० बर्षे आर्थिक लाभ योजना बनाई बिदेशीनु पर्ने बाध्य भएको र त्यसै अनुरुप फेरी कर्मभुमी जापानमा आई ब्यवसाय संञ्चालन गरी फेरी पनि नेपाली संगित कला क्षेत्रलाई निरन्तरता दिनको लागि ब्यवसायी साथीभाईहरु र कलाकार साथीभाईहरु संग मिली नेपाल जापान संस्कृतिक प्रतिष्ठान स्थापना गरी रोदीघर, नमस्ते गित गजल संञ्चालन गरेको, १० वर्ष समयको कालन्तार पछि नेपालको संबिधान र स्थायी सरकारको नेतृत्व र शान्ती समृद्धी छाएकोले अर्को सालमा म कर्मभुमी छाडी फेरी एकपटक जन्मभुमी गई निरन्तर नेपाली संगित कलाको लागी विगतका प्रत्येक वर्ष काठमाडौं र पोखरामा हुने साङ्गीतिक महोत्सव त्यस पछाडीका वर्षहरुमा पाँच÷पाँच वर्षमा गर्ने घोषणा बमोजिम गदै आएको र यसै बर्षको महाशिवरात्रीमा काठमाडौं र पोखरामा ३० औ संस्करणको महाशिवरात्री विश्व सङ्गीत महोत्सव हुने र निरन्तर हरेक बर्ष हुने घोषणा पनि जानकारी गराउन चाहन्छु तथा सशस्त्र द्धन्दको कारण बाट बन्द रहेको (हाम्रोे १९९४ मा स्थापना भएको) नमस्ते कल्चर स्टुडियो पुनः आफ्नै भवन सहित अझ उच्च प्रबिधी उपकरण र दक्ष कलाकारहरु द्धारा नमस्ते साङ्गीतिक प्रतिष्ठान संञ्चालनमा आउन लागेको पनि जानकारी गराउन चाहन्छु ।

यसर्थ विगत वर्षहरुमा जस्तै नयाँ बर्षको शुभ–अवसरमा नमस्ते ब्याण्ड नेपाल–जापानको साथै स्थानीय, नेपाली जापानीज कलाकार, साङ्गीतिक समूह सहित आफ्नो ३० औं वर्ष प्रवेश कार्यक्रम जन्म भूमि छाडेर यस कर्म भूमिमा बसोबास गर्दै आएका नेपाली तथा जापानी समुदाय बिच सम्पन्न गर्ने, साथै एन.एच.के जापान र नेपाली टेलिभिजन द्धारा छायांङ्कन गरी प्रसारण गर्ने कुरा यहाँमा सहर्ष जानकारी गराउँदछौं । तसर्थ, यहाँहरुबाट सदाझै साथ, हौसला, माया, सद्भाव, पाउनेछु, यस संस्करणको कार्यक्रमलाई निरन्तर दिई तपाई तथा तपाईहरुको साथीभाई सहित उपस्थिती भई यस कार्यक्रमलाई सभ्य र भब्य रुपले सफल बनाईदिनुहुन, नमस्ते ब्याण्ड हाद्र्धिक अपिल गर्दछौं ।

उक्त कार्यक्रमको सहयोगार्थ प्रयोजनवाट बचेको रकमले नेपालमा नमस्ते साङ्गीतिक प्रतिष्ठानको स्थापना गर्ने र नेपाली सङ्गीत, कला, साहित्य, भाषा, संस्कृतीको साथै पर्यटन सम्र्बद्धन–प्रवर्धन गर्ने उद्देश्य हुनेछ । भावी योजनाहरुमा रेकडीङ्ग स्टुडीयो संञ्चालन गर्ने, साङ्गीतिक उच्चशिक्षा प्रदान गर्ने, महाशिवरात्री विश्व सङ्गीत महोत्सव लाई निरन्तरता दिने, श्रष्टाहरुको सम्मानको लागि स्व. अरुण थापा सङ्गीत पुरस्कार, स्व. परबीन गुरुङ्ग सङ्गीत पुरस्कार, स्व. खेमराज गुरुङ्ग सङ्गीत पुरस्कार, संञ्चालनमा ल्याउने लक्ष्य रहेको तथा नेपालमा आई पर्ने विभिन्न प्रकारका दैबी–प्रकोप, प्राकृतिक विपत्ति तथा सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्य रहेकाले हाम्रो यस सामाजीक कार्य सफल पार्न तपाई तथा तपाईको संस्थाको पनि ठूलो योगदान हुने÷रहने छ ।
आशा छ, विश्वास छ, प्रयास छ, यहाँको सहयोगले नेपालीहरुको नयाँ वर्ष २०७५ तथा नमस्ते ब्याण्डको आफ्नो ३०औं वार्षीक उत्सब नमस्ते सँग जम्ने छ, रम्ने छ, जसको गीत र सङ्गीतले हिमाल, पहाड, तराई, गाँउ, सहर, देउराली, कन्दरा, भञ्ज्याङ्ग, गुंन्जदै, अन्तर्राष्ट्रिय स्तरसम्म घन्कने छ । र अर्को तेस्रो दशक प्रवेश ऐतीहासिक सफलता बन्नेछ÷बनाउनेछ । धन्यावाद ।।।
जय शम्भु, जय कैलाश, जय श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन्, बुद्धको शान्ती सन्देश संसार भर छाई रहोस्

कार्यक्रम स्थानः यूनिर्भसल सिटी, खाबुकीचों, सिन्जुकु संयोजकः ईश्वर गुरुङ्ग (नमस्ते ब्याण्ड)
मितिः १५ अप्रिल (आईत) २०१८, खुल्लाः ७ बजे, सुरुः ९ बजे Namaste Live In Tokyo,
प्रवेशः निशुल्क, सहयोग

प्रतिक्रिया