नेपाली सुगम गित संगीतमा आफ्नो पहिचान बनाउदै नब गायिका श्रीया नेपाल

इनेप्लिज २०७४ फागुन ३० गते ११:०२ मा प्रकाशित

काठमाडौँ: नब गायिका श्रीया नेपाल पिता सुदर्शन नेपाल र आमा सरिता नेपालको कोखबाट सिमरामा जन्मेकी हुन, बिगत केहि बर्ष देखि सिमरा हुदै काठमाडौँलाइ कर्मथलो बनाएर सांगीतिक नक्षत्रमा चम्किलो ताराको रुपमा उदाउदै गरेकी नब गायिका श्रीया सानै उमेर बाट संगीतमा रुचि राख्ने गर्थिन l कक्षा ५ मा अध्यनरत हुदानै अन्तरबिद्यालय गायन प्रतियोगितामा सिमरा बाट इन्टर स्कुल च्याम्पियनसिपको आइडोल बन्न सफल नब गायिका श्रीया कक्षा २ पढ्दा देखिनै गित गाउन सुरु गरि सकेकी थिइन् l

कक्षा आठमा पढ्दा पढ्दै आफ्नो पहिलो गित रेकर्डिङ गरेर आफ्नो ब्यबसायिक गायन पेशालाई अगाडी बढाउदै आएकी नब गायिका गायिका श्रीया नेपाल आफ्नो बिध्यालय जिबन देखिनै विभिन्न स्टेज कार्यक्रम देखि लिएर स्थानिय स्तरमा हुने अन्य धेरै कार्यक्रम हरुमा गित गाउने र आफ्नो जादुमय आवाजले उपस्थित भिडलाई मन्त्रमुग्द बनाउन सफल हुने गर्थिन। सुमधुर तथा जादुमय आवाजकी धनि नब गायिका श्रीया बिगत २/३ बर्ष देखि ब्यबसायिक गायिकाको रुपमा सांगीतिक क्षेत्रमा संघर्षरत छिन

l

नब गायिका श्रीयाले करिब आधा दर्जन गीतमा आफ्नो मिठो आवाज भरि सकेकी छिन l नेपालमा हुने विभिन्न मेला महोत्सबमा समेत आफ्नो प्रस्तुति दिएर चर्चा बटुल्दै गरेकी गायिका मिठो आवाजको धनि संगै एक मेहनती,सुन्दर,सरल, मिलनसार स्वभाब र एक असल व्यक्तित्वकी धनि पनि छिन l

सम्पुर्ण घर परिवारको साथ र सहयोग पाएर सांगीतिक क्षेत्रमा लागेकी नब गायिका श्रीया गित संगीतलाइ देबी सरस्वतीको प्रसाद ठान्छिन l उनि थप्छिन गित संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागि पर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु l गित संगीतमा आफ्नो जादुमय आवाज भर्न सफल भएकी श्रीया अहिले अनुकुल परिस्थितिको खोजीमा छिन l त्यसैले त उनि भन्छिन गित संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ l

प्रतिक्रिया