डरलाग्दो खुलासा, पाइलटले होइन को-पाइलटले उडाएकी थिइन बिमान(प्रमाण सहितको भिडियो)

इनेप्लिज २०७४ फागुन ३० गते १०:५३ मा प्रकाशित
ओएसनेपाल न्युज, सोमबार त्रिभुवन बिमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको यूएस बंग्ला एयरलाइन्सको बिमानका लागि पाइलट जिवितै रहेको खुलेको छ । यूएस बंग्ला एयरलाइन्सको ढाकास्थित कार्यालयले जारी गरेको सूचनामा बिमानका पाइलट अबिद सुल्तान जिवितै रहेको खुलासा भएको हो । जहाजकी को पाइलट पृथुला रसिदको उपचारको क्रममा सोमबार नै काठमाण्डौ मेडिकल कलेज(केएमसी)मा मृत्यु भइसकेको छ ।
सोमबार बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्री र ४ चालक दलका सदस्यसहित  बम्बार्डियर ड्याश ८ क्यु ४०० जहाज काठमाण्डौका लागि उडेको थियो । काठमाण्डौस्थित त्रिभुवन विमानस्थलस्थित कन्टोल रुमले आग्रह नमानी उल्टो दिशाबाट अवतरण गर्न खोज्दा जहाज अनियन्त्रित भई रनवे बाहिर दुर्घटनाग्रस्त भएको थियो । अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको बिमानमा भएको भीषण आगलागी समयमै नियन्त्रणमा आउन नसक्दा घटनास्थलमा ४१ जना र उपचारको क्रममा ९ जनाको मृत्यु भएको थियो ।
यसबाट बिमान कम्पनीको गम्भीर लापरबाहीका कारण बिमान दुर्घटना भएको खुल्दै आएको छ यता बिमान कम्पनिले भने अनुसन्धाननै नगरी बिश्व भर नेपाली विमानस्थलका ट्राफिक कन्ट्रोरलले आफ्नो चालकलाई झुकाएका कारण दुर्घटना भएको भर्म फैलाएरहेको छ.हेर्नुहोस यस्तो वास्तविकता खुलेको छ.

प्रतिक्रिया