ममी म डाक्टर भएँ भनेर फोन गरेकी छोरी नेपाल आउँदा स्व. भईसकिछ, डाक्टर बनेर सेवा गर्ने सपना अधुरै (भिडियो)

इनेप्लिज २०७४ फागुन २९ गते १०:२३ मा प्रकाशित

यूएस बंगला बिमान दुर्घटना हुँदा २२ नेपाली सहित ४९ जनाको ज्यान गएको छ भने २२ जना घाईते भएका छन् । घाईते मध्ये ११ नेपाली रहेको र अधिकांशको अवस्था चिन्ताजनक छ । मृत्यु हुने २२ नेपाली मध्ये ११ जना बंगलादेशमा डाक्टर पढ्न गएका बिद्यार्थी रहेको थाहा हुन आएको छ । डाक्टर बनेर देशको सेवा गर्ने सोचका साथ बिदेशी भूमीमा गएका नेपाली बिद्यार्थीहरु आफ्नै घर फर्कदा आफ्नै देशको बिमानस्थलमा ज्यान गुमाउन पुगेका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा चालक दल सहित ७१ यात्रु बोकेर बंगलादेशको ढाकाबाट काठ्माण्डौं आउँदै गरेको बिमान धावन मार्गमा दुर्घटना भएको थियो । नामको अगाडी डाक्टर लेख्नु पर्ने ११ जना होनाहार युवा युवतीहरुलाई क्षण भरमै स्वर्गीए लेख्नु परेको पीडा आम नेपालीहरुमा छ । बिदेशी भूमीमा लाखौ ऋण खोजेर पढ्न पाएको सन्तान घर फर्कदा मृत्यु भएको खबरले परिवारमात्र होईन सिंगो देश शोकमा डुबेको छ ।

थप भिडियोबाट हेर्नुहोस्

प्रतिक्रिया