तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न हुने

इनेप्लिज २०७४ फागुन २९ गते १०:०६ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सिक्किममा आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन भब्यरुपमा सम्पन्न हुने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले जनाउनु भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, सिक्किम च्याप्टरको आयोजनामा हुने सो सम्मलेनमा विश्वका बिभिन्न मुलुकहरुबाट सो सम्मेलनमा विशिष्ट महिला साहित्यकारहरुको उपस्थिति रहने, सम्मेलनमा साहित्यकार तथा सिक्किममा मुख्य मन्त्री पवन चाम्लिंग प्रमुख अतिथि हुनु हुने, एनआरएन अध्यक्ष भबन भट्ट विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु हुने, अनेसास भबन भट्ट विशिष्ट महिला पुरस्कार प्रदान गरिने, बिभिन्न पुस्तकहरु बिमोचन हुने, नेपाली साहित्यमा योगदान गर्ने बिभिन्न चार जना महिला साहित्यकारहरुलाई सम्मान गरिने, कार्यपत्रहरु प्रस्तुत र त्यसमा छलफल गरिने, विश्वकाब्य गोष्ठी आयोजना हुने, सिक्किम घोषणा पत्र प्रस्तुत हुने अध्यक्ष विश्वकर्माले जनाउनु भएको छ ।

सम्मलेनमा नेपालका विशिष्ट महिला साहित्यकारहरु माया ठकुरी, प्राज्ञ डा. उषा ठाकुर, प्राज्ञ ज्ञानु पाण्डे, समालोचक लिला लुइँटेल, अमेरिकाबाट साहित्यकार तथा अनेसासका पूर्व अध्यक्ष गीता खत्री, महिला समितिका अध्यक्ष तथा साहित्यकार भारती गौतम, साहित्यकार मन्जु निरौला, छन्द कवि दुर्गा रिजाल, अष्ट्रेलियाबाट साहित्यकार सानु घिमिरे, बेलायतबाट साहित्यकार लारा, नेपालबाट अन्य विशिष्ट महिला साहित्यकार आदिको सहभागिता रहने संस्थाका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले जनाउनु भएको छ । यसैगरी कार्यक्रम कार्यक्रममा साहित्यकार गीता खत्रीलाई अनेसास भबन भट्ट विशिष्ट महिला पुरस्कार प्रदान गरिने, नेपाली साहित्यमा बिशेष योगदान गर्ने बिभिन्न चार जना महिला साहित्यकारहरु डा. शान्ती प्रधान क्षेत्री (भारत), कविता पौडेल (नेपाल), प्रमिला शर्मा (अमेरिका) र शकुन्तला ज्ञवली (अमेरिका) लाई सम्मान गरिने अनेसासका महासचिव गोवर्द्धन पूजाले बताउनु भयो ।

सम्मेलनका अबसरमा विभिन्न बिषयमा कार्यपत्रहरु प्रस्तुत गरिने, त्यसमा छलफल गरिने, अन्तरक्रियाहरू गरिने, नेपाली महिला साहित्यकारहरुको रचनाहरु संकलित पुस्तक सिर्जनामा नारी लगायतका अन्य कृतिहरु बिमोचन गरिने महिला समितिका अध्यक्ष भारती गौतमले उल्लेख गर्नु भयो । यसै गरी सम्मलेनमा आवास, खाना, अतिथि सत्कार, मनोरञ्जन आदिको तयारी भैसकेको र आवास, खाना, स्थानीय यातायातको व्यवस्था सिक्किम सरकारबाट सहयोग हुने कार्यक्रमका संयोजक तथा अनेसास सिक्किम च्याप्टरका अध्यक्ष डा. पुष्पा शर्माले बताउनु भयो ।

प्रतिक्रिया