मैले भन्दै न भनेको कुरा लाइ गलत प्रचार गरि मेरो चरित्र हत्या गर्न खोजियो : सुजाता पाण्डे (भिडियो सहित)

इनेप्लिज २०७४ फागुन २८ गते २२:४२ मा प्रकाशित

नेपाल आइडलमा बुटवलबाट प्रतिनिधित्व गरेकी सुजाता पाण्डे उत्कृष्ट ५ बाट बाहिरिएकी एक प्रतिस्पर्धी हुन् । नेपाली टेलिभिजनको इतिहासमा सर्वाधिक रुचाइएको गायक रियालिटी सो नेपाल आइडलमा उत्कृष्ट पाँचसम्मको यात्रा तय गर्ने उनी एकमात्र महिला प्रतियोगी पनि हुन्। उत्कृष्ट चारका लागि भएको प्रतिस्पर्धाबाट बाहिरिएकी उनी आधुनिक र पाश्र्व गीतगायनमा रुचि राख्छिन् हाल उनी देश बिदेशका कार्यक्रममा ब्यस्त छन् ।
आज हामीले उनको फेसबुक लाइव भिडियोमा भनिएका कुरा हरु दर्शक माझमा लेउने प्रयास गरेका छौ उनले आफ्नो फेसबुकमा यस्तो स्टाटस राखी सबैको सहयोग को अपेक्षा पनि राखेकी छन् | उनले भनेकी छन् ”केहि फेसबुकका अनलाईन पेजहरूले मैले अन्तरवार्ताका क्रममा बुद्ध लामा र एपि 1 को बारेमा भन्दै नभनेको कुरालाई गलत प्रचार गरेर मेरो चरित्र हत्या गर्ने प्रायस गरिएको छ। त्यसैले यस्ता भ्रामक समाचारको पछि नलाग्न सम्पुर्ण श्रोताहरू सामु जानकारी गराउन चाहान्छु।आशा छ बुझिदिनुहुन्छ…..।”

हेरौ उक्त भिडियो फेसबुक लाईभमा आएर स्पस्टिकरण दिँदै सुजाता पाण्डे !

प्रतिक्रिया